Bizshala
  • शुक्रबार, जेष्ठ १५,२०८३ 10:53:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आर्थिक गणनामा १० लाखभन्दा बढी प्रतिष्ठान समेटिए, ७०% प्रगति हासिल

Laxmi Sunrise Bank Limited
आर्थिक गणनामा १० लाखभन्दा बढी प्रतिष्ठान समेटिए, ७०% प्रगति हासिल
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरिरहेको दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत हालसम्म १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गरिएको छ। करिब १४ लाख प्रतिष्ठान समेट्ने लक्ष्यसहित सुरु गरिएको गणनाले देशको औपचारिक तथा अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार उजागर गर्ने अपेक्षा गरिएको छ।

गत वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन हुने गणनामा उद्योग, व्यापार, सेवा, कृषि, खानी, बैंक तथा सहकारीलगायत विभिन्न आर्थिक गतिविधिमा संलग्न प्रतिष्ठानको तथ्यांक संकलन भइरहेको कार्यालयले जनाएको छ। हालसम्म करिब ७० प्रतिशत प्रगति हासिल भएको बताइएको छ।

Bizshala
New Office
CG Motors

कार्यालयका अनुसार गणनाबाट प्रतिष्ठानको आम्दानी, खर्च, रोजगारीको अवस्था, दर्ता स्थिति तथा आर्थिक कारोबारसम्बन्धी विस्तृत विवरण संकलन भइरहेको छ। यसले विशेषगरी अनौपचारिक क्षेत्रमा आधारित व्यवसायको वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

देशभर खटिएका गणक तथा सुपरीवेक्षकले वडास्तरसम्म पुगेर कागजी प्रश्नावलीमार्फत विवरण संकलन गरिरहेका छन्। साथै, व्यवसायीले आफैँ अनलाइन प्रणालीमार्फत विवरण भर्ने व्यवस्था पनि गरिएको छ। जेठ १३ गतेसम्म ३ हजार ६७९ प्रतिष्ठानले अनलाइनमार्फत विवरण पेश गरिसकेका छन् भने ७ हजारभन्दा बढी प्रतिष्ठानले अनलाइन सहभागिताको प्रतिबद्धता जनाएका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

यस गणनालाई विश्वसनीय र व्यवस्थित बनाउन सबै प्रदेशमा प्रमुख सचिवको संयोजकत्वमा प्रदेश आर्थिक गणना समन्वय समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला समिति गठन गरिएको छ। स्थानीय तह र वडास्तरमा समेत समन्वय संयन्त्र परिचालन गरिएको कार्यालयले जनाएको छ।

वि.सं. २०७५ मा पहिलोपटक गरिएको आर्थिक गणनाको निरन्तरताका रूपमा भइरहेको दोस्रो गणनाबाट प्राप्त तथ्यांकले आगामी आर्थिक नीति, निजी क्षेत्र प्रवर्द्धन, रोजगारी सिर्जना तथा लगानी योजना निर्माणमा महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

3 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.