काठमाण्डौ । सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आवको बजेट घोषणा गर्दै कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको बताए ।
कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण सिस्टमा सुधार ल्याउने अर्थमन्त्री वाग्लेले बताए ।
साथै आगामी आवमा कृषकलाई न्यूनतम २ करोड रुपैयाँसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउन पाइलट कार्यक्रमको सुरुवात गरिएको उनले बताए ।
साथै पशु र कृषी बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउने र अन्य अनुदान भने क्रमशः हटाउँदै जाने सरकारले निर्णय गरेको छ ।

