काठमाण्डौ । सरकारले नेपाली बीमा कम्पनीबाट जारी हुने बीमांकको कम्तिमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनु पर्ने व्यवस्था गर्ने भएको छ । यस्तै दीर्घकालिन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था समेत गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए ।
उनले आगामी आवका लागि बजेट पेश गर्दै यस्तो बताएका हुन् ।

