काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको छ। कम्पनीको जेठ १९ गते सम्पन्न पाँचौँ वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो।
साधारण सभाबाट पारित निर्णयअनुसार कम्पनीको रजिष्टर्ड कार्यालय अब साबिकको थापाथली, वडा नं. ११, सेन्ट्रल बिजनेस पार्क, काठमाण्डौबाट स्थानान्तरण भई नवलपरासी जिल्लाको सुनवल नगरपालिका–७, सिशहानीमा रहनेछ।
कम्पनीले जानकारी दिएअनुसार थापाथलीस्थित कार्यालयलाई सम्पर्क कार्यालय का रूपमा निरन्तर सञ्चालन गरिनेछ ।

