काठमाण्डौ । आइएमई लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडको स्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी आइएमई लिमिटेडको नाममा रहेको बैंकको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको बानेश्वरमा रहेको बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा आवेदन दिनुपर्नेछ। यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिनुपर्नेछ।
निर्धारित मितिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने जनाइएको छ ।

