काठमाण्डौ । गत साता नेप्से परिसूचक २७५५.४१ विन्दुमा कायम भई बन्द भयो । अघिल्लो साता भने नेप्से सूचक २७८२.१० विन्दुमा बन्द भएको थियो ।
यसर्थमा अघिल्लो साताको तुलनामा गत हप्ता नेप्से परिसूचक २६.६९ विन्दु (०.९६) प्रतिशतले घट्न पुग्यो ।
गत साता पाँचै दिन सेयर कारोबार भयो । जसमा दुई कारोबार दिन मात्रै बजार सामान्य बढ्यो भने तीन कारोबार दिन बजार घट्यो ।
साताभरमध्ये मंगलबार नेप्सेले एकै दिनमा सर्वाधिक २२.२१ विन्दुको वृद्धि हासिल गरेको थियो । उक्त दिन कारोबार रकम ५ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो ।
साताभर रु.२६.९४ अर्बको कारोबार
समग्र साताको कुल कारोबार रकम भने २६ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । सर्वाधिक बुधबार नेप्से परिसूचक २.६६ अंकले बढ्दा ५ अर्ब ३३ करोड रुपैयाँमाथिको सेयर कारोबार भयो ।
यस साताका २ लाख ९४ हजार ४६२ वटा कारोबारमार्फत ६ करोड १६ लाख भन्दा बढी कित्ता सेयर किनबेच भए । हाल नेप्सेको कुल बजार पूँजीकरण ४७ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।
५ समूहमा चमक
यो साता नेप्से परिसूचक ०.९६ प्रतिशतले घट्दा ८ समूह घटे भने पाँच समूहमा मात्रै हरियाली छायो ।
फाइनान्स समूह, जीवन बीमा समूह, म्युचुअल फण्ड समूह, निर्जीवन बीमा समूह र अन्य समूह बढ्दा सर्वाधिक बढ्नेमा फाइनान्स समूह ६.९१ प्रतिशतले वृद्धि भयो । त्यस्तै निर्जीवन बीमा समूह पनि ४.६५ प्रतिशतले बढ्न पुग्यो ।
सर्वाधिक घट्ने समूहमा भने व्यापार समूह रह्यो । यो समूह अघिल्लो साताको तुलनामा ६.९८ प्रतिशतले घट्यो ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
यो साता सर्वाधिक फाइनान्स र बीमा समूहका कम्पनीले कमाए । सर्वाधिक कमाउनेमा भने नयाँ कम्पनी कालिञ्चोक हाइड्रोपावर रह्यो । गत साता मात्रै यो कम्पनीको सेयरभाउ १०१.०६ प्रशितले बढ्यो ।
त्यस्तै, सेन्ट्रल फाइनान्स, नेपाल रि इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर, रिलायन्स फाइनान्स, एनएलजी इन्स्योरेन्स, बेष्ट फाइनान्स, उपकार लघुवित्त, नेपाल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर सेयरको भाउ सर्वाधिक बढ्यो ।

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
यो साता नेप्से परिसूचक करिब प्रतिशत घट्दा सर्वाधिक बुंगल हाइड्रोपावरको सेयर घट्यो । कम्पनीको सेयरभाउ उक्त साता १६.७५ प्रतिशतले घट्न पुग्यो ।
त्यस्तै, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, झापा इनर्जी, नेपाल रि पब्लिक मिडिया, विशाल बजार कम्पनी, भुजुङ्ग हाइड्रो, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, क्रेष्ट माइक्रो लाइफ र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर सर्वाधिक घट्यो ।

सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी
गत साता सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी रह्यो । यो कम्पनीको कुल २ अर्ब २१ करोड रुपैयाँमाथिको सेयर कारोबार भयो ।
त्यस्तै, नेपाल रि को १ अर्ब ९ करोड, रिडि पावरको ९३ करोड ६३ लाख, सेन्ट्रल फाइनान्सको ६८ करोड ३६ लाख, हिमालयन रि को ६१ करोड १४ लाख, अपि पावरको ५५ करोड १६ लाख, नेशनल हाइड्रोपावरको ५३ करोड २२ लाख, रिलायन्स स्पिनिङ्ग मिल्सको ४९ करोड ५० लाख, एभरेष्ट बैंक डिबेञ्चरको ४६ करोड ६३ लाख र विकास हाइड्रोपावरको ४४ करोड ८९ लाख रुपैयाँ माथिको सेयर कारोबार भयो ।

