Bizshala
  • सोमबार, जेष्ठ २५,२०८३ 03:46:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकको एक खाता, एक रुख अभियान अन्तर्गत विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकको एक खाता, एक रुख अभियान अन्तर्गत विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण
Shivam Cement

काठमाण्डौ । विश्व वातावरण दिवस २०२६ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशव्यापी वृक्षारोपण अभियान सञ्चालन गरेको छ। ‘क्लाइमेट एक्सन’ भन्ने मूल नारालाई आत्मसात गर्दै बैंकले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

बैंकले काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–१ स्थित चौकीडाँडा पर्यटकीय पार्कमा आयोजना गरेको विशेष कार्यक्रममा करिब २५० विभिन्न प्रजातिका बिरुवा रोपिएको जनाएको छ। यसका साथै कोशी प्रदेशमा २००, मधेश प्रदेशमा २५०, गण्डकी प्रदेशमा २००, लुम्बिनी प्रदेशमा २००, कर्णाली प्रदेशमा २०० तथा सुदूरपश्चिम प्रदेशमा २०० गरी देशभर कुल १,५०० बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा, बैंकका उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएका प्रत्येक बिरुवाले भावी पुस्ताका लागि स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई बैंकको संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा स्थापित गरिएको बताए।

Garima Development Bank
Shivam Cement
Bizshala

बैंकले वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

सिटिजन्स बैंकले यसअघि स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयलाई सहयोग लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हाल बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.