काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राष्ट्रिय तथा प्रशासनिक विषयहरू, सरकारका काम–कारबाहीको समीक्षा तथा अन्य विविध मुद्दाहरूमा छलफल हुने कार्यक्रम रहेको छ।

