Bizshala
  • मंगलवार, जेष्ठ २६,२०८३ 06:41:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटी एक्सप्रेस मनि ट्रान्सफरको सहकायर्मा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ सम्पन्न

Laxmi Sunrise Bank Limited
सिटी एक्सप्रेस मनि ट्रान्सफरको सहकायर्मा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८३  जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान गरिएको छ । सो सम्मान गायनतर्फ बरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार  सि के रसाईलीलाई जनही नगद पुरस्कार रु १ लाख १ रुपैयाँसहित प्रदान गरिएको छ ।

नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यानसर सर्भाइभर भएको भन्दै क्यानसर समाजका लागि उक्त पुरस्कार रकम हस्तानतरण गरेकी छिन् । उनकै पहलमा क्यानसर रोग लागेका कलाकारलाई सहयोग गर्न भन्दै हालै मात्रै क्यानसर समाज स्थापना गरिएको राणाले बताइन् ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ बरिष्ठ संगीतकार गितारवादक दिपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ । ५० हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई प्रदान गर्दै आएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

Garima Development Bank
Shivam Cement
Bizshala

भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको छ  र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदंै आएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.