शुक्रबार, जेष्ठ २९,२०८३ 09:30:04
Bizshala
  • शुक्रबार, जेष्ठ २९,२०८३ 09:30:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा क्षेत्रमा आईएमई लाइफको नयाँ उपलब्धि, रेटिङमा स्तरोन्नति

Laxmi Sunrise Bank Limited
बीमा क्षेत्रमा आईएमई लाइफको नयाँ उपलब्धि, रेटिङमा स्तरोन्नति
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनी आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वित्तीय विश्वसनीयता र संस्थागत सुदृढताको प्रमाणस्वरूप महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। CARE Ratings Nepal Limited ले कम्पनीको Issuer Rating स्तरोन्नति गर्दै CARE–NP BBB+ बाट CARE–NP A– प्रदान गरेको हो।

कम्पनीका अनुसार यो स्तरोन्नति सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, व्यवसायिक कार्यसम्पादनमा सुधार, सुशासनप्रतिको प्रतिबद्धता तथा बीमित र सरोकारवालामाझ कायम रहेको विश्वासको परिणाम हो।

Bizshala
New Office
CG Motors

CARE–NP A– रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको र अघिल्लो मूल्यांकनको तुलनामा अझ सबल तथा विश्वसनीय संस्थाको रूपमा स्थापित भएको संकेत गर्दछ।

कम्पनी व्यवस्थापनले रेटिङ स्तरोन्नतिलाई ग्राहक, लगानीकर्ता, अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाको विश्वास र सहयोगको प्रतिफलको रूपमा लिएको जनाएको छ। साथै आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

‘Ensuring Future’ नारासहित सञ्चालनमा रहेको आईएमई लाइफ नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो। कम्पनीले विभिन्न जीवन बीमा योजनामार्फत नागरिक तथा परिवारको आर्थिक सुरक्षा, बचत र भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ सेवा प्रदान गर्दै आएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

देशभर फैलिएको शाखा तथा उपशाखा सञ्जाल, हजारौं अभिकर्ता, डिजिटल प्रविधिको प्रयोग र ग्राहककेन्द्रित सेवामार्फत कम्पनीले बीमा पहुँच विस्तार गर्दै आएको छ। साथै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ।

नयाँ रेटिङलाई कम्पनीले केवल उपलब्धि मात्र नभई अझ उच्चस्तरीय सेवा, व्यावसायिक मापदण्ड र वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने अवसरका रूपमा लिएको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.