काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टीले निरन्तर आपत्ति जनाउँदै आएको छ।
पार्टीले उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै प्रतिनिधिसभाको अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेको छ।
बैठक प्रारम्भ हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानमा उभिएर विरोधमा उत्रिएका थिए।
उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सदनमार्फत आफ्नो धारणा राखेका हुन्।

