काठमाण्डौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलको म्याद थपसम्बन्धी मुद्दामा आज विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
पौडेललाई गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। यसअघि अदालतले उनलाई ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थप गरेको थियो।
यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ। सर्वोच्चले रिट खारेज गरेसँगै पौडेललाई अनुसन्धानका लागि थप समय हिरासतमा राख्ने बाटो खुलेको हो।

