शनिबार, श्रावण २,२०८३ 08:46:33
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:46:33
Bizshala
Global IME Bank Limited

भेरी–बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माण हुने

भेरी–बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माण हुने
New Office

काठमाण्डौ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ।

आयोजनाबाट उत्पादन हुने करिब ४६.८ मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा समाहित गरिनेछ। यसका लागि करिब १.७ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको हो।

प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर निर्माण गरिनेछन्। तीमध्ये तीनवटा टावर बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछन्। प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ।

आयोजनाका अनुसार प्रस्तावित प्रसारण लाइनले सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ तथा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रलाई प्रभावित गर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइएको छ। आयोजनाले प्रभावित क्षेत्रका सरोकारवालासँग आवश्यक सुझाव माग गरेको छ।

भेरी–बबई डाइभर्सन आयोजनाको मुख्य उद्देश्य भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउनु हो।

आयोजनाबाट सिँचाइसँगै करिब ४६ दशमलव ८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

हाल आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत पुगेको छ। आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाका अनुसार बाँकी निर्माण कार्य सम्पन्न गर्न अझै करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ।

आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ भने सिभिल निर्माण, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल काम जारी छन्। प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको पूर्वस्वीकृति प्रक्रिया सुरु गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.