बिहीबार, असार २५,२०८३ 01:46:16
Bizshala
  • बिहीबार, असार २५,२०८३ 01:46:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संविधान संशोधन कार्यदलप्रति असन्तुष्ट एमाले, प्रतिनिधि फिर्ता बोलायो

Laxmi Sunrise Bank Limited
संविधान संशोधन कार्यदलप्रति असन्तुष्ट एमाले, प्रतिनिधि फिर्ता बोलायो

काठमाण्डौ । नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले बिहीबार कार्यदल संयोजक असिम शाहलाई पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा. भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन् । 

एमालेका अनुसार कार्यदलको काम कारबाही सुरुदेखि नै शंकास्पद प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू स्पष्ट रूपमा किटान नगरिएको र वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रस्ट नभएको कारण प्रतिनिधि फिर्ता बोलाइएको हो ।

New Office
CG Motors
Garima Development Bank

कार्यदलको सुरुका बैठकमा डा. अधिकारी सहभागी भए पनि पछिल्ला दिनमा भने सहभागी हुन छाडेका थिए । एमालेले संशोधनका लागि बहसमा ल्याइएका केही विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रकै मर्मविपरीत देखिएको भन्दै यसबारे सरकारको स्पष्ट धारणा माग गर्दै आएको जनाएको छ ।

एमालेले वर्तमान संविधानका आधारभूत पक्षलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकारात्मक अभ्यास तथा कमजोरीलाई सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्नुपर्ने पक्षमा आफू दृढ रहेको स्पष्ट पारेको छ । तर, संविधानका आधारभूत विषयहरू नै खल्बल्याउने उद्देश्य कार्यदलमा देखिएको एमालेको आरोप छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्तावअनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु,’ महासचिव पोखरेलले पठाएको पत्रमा उल्लेख छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.