बिहीबार, असार २५,२०८३ 01:46:16
Bizshala
  • बिहीबार, असार २५,२०८३ 01:46:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विरोधको शैली फेरौं, एउटै विषयमा अल्झिरहनु राम्रो होइन’ : सभामुख

Laxmi Sunrise Bank Limited
विरोधको शैली फेरौं, एउटै विषयमा अल्झिरहनु राम्रो होइन’ : सभामुख

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले करिब ४० दिनदेखि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन्।

निरन्तर एउटै विषयमा विपक्षी सांसदहरूले विरोध जनाइरहेपछि सभामुख अर्यालले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जना सांसदले मात्र धारणा राख्ने र त्यसपछि बैठकलाई दैनिक कार्यसूचीमा अघि बढाउने प्रस्ताव गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

सोहीअनुसार सभामुखले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए। तर, विपक्षी दलहरू एक जनाले मात्र बोल्ने प्रस्तावमा सहमत भएनन्।

त्यसपछि सभामुख अर्यालले विरोधको विषयवस्तुभित्रै रहेर आफ्ना भनाइ राख्न विपक्षी सांसदहरूलाई आग्रह गरे।

‘मैले माननीय सदस्यहरूलाई आग्रह गरेबमोजिम नै विरोध गर्ने शैली पनि परिवर्तन गर्नुपर्ने देखिन्छ। विरोध पनि कुन विषयमा हो, त्यही विषयमा मात्रै बोल्नुस् भनेर सभामुखले पटक–पटक भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन,’ सभामुख अर्यालले भने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले विरोध सुरु गरिएको विषयमै केन्द्रित भएर धारणा राख्दा त्यसको औचित्यसमेत पुष्टि हुने बताए।

सभामुख अर्यालले विपक्षी बेञ्चतर्फ पुनः आग्रह गर्दै भने, ‘एक जना माननीय सदस्यले तपाईंहरू सबैलाई प्रतिनिधित्व गर्दै बोलिसक्नुभएको हुनाले अब हामी दैनिक कार्यसूचीमा प्रवेश गरौं।’

तर, विपक्षी दलहरूले सभामुखको आग्रह स्वीकार गरेनन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.