सोमबार, असार २९,२०८३ 06:39:53
Bizshala
  • सोमबार, असार २९,२०८३ 06:39:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सञ्चारगृहमा अवरोध र त्रास सिर्जना गर्ने गतिविधिको छानबिन गर्न प्रेस सेन्टर नेपालको माग

Laxmi Sunrise Bank Limited
सञ्चारगृहमा अवरोध र त्रास सिर्जना गर्ने गतिविधिको छानबिन गर्न प्रेस सेन्टर नेपालको माग

काठमाण्डौ। प्रेस सेन्टर नेपालले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमै शंकास्पद ढंगले सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्रेस सेन्टर नेपालका महासचिव मनोत घर्तीमगरद्वारा जारी विज्ञप्तिमा आज बिहानदेखि काठमाण्डौका केही प्रमुख सञ्चारगृहको कार्यालय परिसरमा शंकास्पद सवारीसाधन राखी पत्रकार तथा कर्मचारीको आवतजावतमा बाधा पुर्याइएको तथा त्रासपूर्ण वातावरण सिर्जना गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सञ्चारमाध्यमको स्वतन्त्र सञ्चालनमा असर पुर्याउने, पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने तथा प्रेस स्वतन्त्रताको अभ्यासमा अवरोध सिर्जना गर्ने यस्ता गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने जनाइएको छ।

New Office
CG Motors
Garima Development Bank

प्रेस सेन्टर नेपालले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने जनाएको छ। साथै सञ्चारगृह र पत्रकारलाई उनीहरूको कार्यस्थलमा अवरोध, दबाब वा त्रास सिर्जना नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रेस सेन्टर नेपालले घटनाको यथाशीघ्र छानबिन गरी वास्तविकता सार्वजनिक गर्न, अवरोध सिर्जना गर्ने व्यक्ति वा समूहको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन तथा सञ्चारगृह र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सम्पूर्ण सञ्चारकर्मी, प्रेससम्बद्ध संघ–संस्था तथा लोकतन्त्रप्रेमी नागरिकलाई सजग र एकताबद्ध रहन समेत प्रेस सेन्टर नेपालले आह्वान गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.