मंगलवार, असार ३०,२०८३ 04:07:22
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 04:07:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शंकास्पद गाडी पार्किङमा मौन रास्वपा सांसद, प्रश्न उठाउने विपक्षीमाथि भने नियमापत्ति

Laxmi Sunrise Bank Limited
शंकास्पद गाडी पार्किङमा मौन रास्वपा सांसद, प्रश्न उठाउने विपक्षीमाथि भने नियमापत्ति

 

काठमाण्डौ । राजधानीका प्रमुख सञ्चारगृहसहित विभिन्न स्थानमा एकै समयमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएको विषय प्रतिनिधिसभामा उठ्दा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले त्यसबारे प्रत्यक्ष प्रश्न उठाएनन्। बरु विपक्षी सांसदहरूले घटनालाई सरकारसँग जोडेर अभिव्यक्ति दिएपछि रास्वपाका सांसदहरूले शब्द चयनमाथि नियमापत्ति जनाए।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्ने रास्वपा सांसदहरूले विद्युत् आपूर्ति, दुर्घटना, सार्वजनिक सुरक्षा र निर्वाचन क्षेत्रका समस्यालगायत विषय उठाए। तर अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया ग्रुपका कार्यालयअगाडि भएको शंकास्पद पार्किङबारे कसैले पनि सरकारसँग जवाफ मागेनन्।

सोमबार बिहान तीनवटै सञ्चारगृहको प्रवेशमा अवरोध पुग्ने गरी उस्तै प्रकृतिका गाडीहरू पार्किङ गरिएका थिए। फरक–फरक स्थानमा लगभग एकै समयमा समान शैलीमा गाडी राखिएपछि घटनालाई शंकास्पद मान्दै सञ्चारगृहहरूले प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले घटनास्थल पुगेर गाडीधनी र पार्किङको उद्देश्यबारे सोधखोज गरे पनि घटनाको योजनाकार वा कारणबारे ठोस विवरण सार्वजनिक भएको छैन।

New Office
CG Motors
Garima Development Bank

घटनामाथि प्रश्न होइन, अभिव्यक्तिमाथि आपत्ति

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले उक्त पार्किङलाई ‘राज्य संरक्षित केही व्यक्तिबाट भएको गतिविधि’ हुन सक्ने आशंकासहित छानबिनको माग गरे।

उनको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति जनाइन्। कुनै व्यक्तिले गरेको गतिविधिका आधारमा समग्र राज्यलाई आरोपित गर्न नमिल्ने उनको तर्क थियो।

त्यस्तै, नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार लगातार प्रश्नको घेरामा रहे पनि प्रधानमन्त्रीबाट जवाफ नआएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’ को संज्ञा दिए।

राईको अभिव्यक्तिलगत्तै रास्वपा सांसद शिवशंकर यादवले उक्त शब्द संविधान र संसदीय मर्यताविपरीत रहेको भन्दै प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरे।

यसरी रास्वपा सांसदहरूले शंकास्पद पार्किङको घटनामाथि छानबिन वा सरकारी जवाफको माग नगरे पनि त्यसलाई सरकारसँग जोडेर बोल्ने विपक्षी सांसदहरूको भाषामाथि भने तत्काल आपत्ति जनाए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आफ्नै निर्वाचन क्षेत्रका विषयमा केन्द्रित

रास्वपा सांसद अमरेशकुमार सिंहले देशमा बढिरहेको निराशा र लोकतन्त्रमाथि देखिएका चुनौतीको विषय उठाउँदै संसद्मा प्रतिनिधित्व गर्ने तथा संसद्बाहिर रहेका राजनीतिक दलहरूलाई राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आग्रह गरे।

उनले सत्ता र प्रतिपक्ष स्थायी नहुने उल्लेख गर्दै जनता र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। तर सरकारसँग जोडेर उठेका शंकास्पद पार्किङलगायत पछिल्ला प्रश्नबारे उनले कुनै टिप्पणी गरेनन्।

रास्वपा सांसद लालविक्रम थापाले विद्युत् मर्मतका लागि खटिएको प्राविधिक टोली दुर्घटनामा परेको घटना उठाउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे।

सांसद दीपककुमार साहले सुनसरीका विभिन्न क्षेत्रमा लामो समयसम्म विद्युत् अवरोध हुँदा विद्यार्थी, खानेपानी सेवा, होटल, डेरी तथा साना उद्योग प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद शम्भुकुमार यादवले सिरहाको गोलबजारस्थित पशु हटबजार परिसरमा खनिएको खाल्डोमा जमेको पानीका कारण तीन बालबालिकाको मृत्यु भएको विषय उठाए। उनले घटनालाई स्थानीय निकायको जिम्मेवारी, सार्वजनिक सुरक्षा र जोखिम व्यवस्थापनसँग जोडिएको गम्भीर प्रश्नका रूपमा प्रस्तुत गरे।

रास्वपाका अन्य सांसदहरूले पनि विभिन्न जनसरोकारका विषय उठाए। तर सञ्चारगृहको प्रवेश अवरुद्ध हुने गरी गरिएको योजनाबद्धजस्तो देखिने पार्किङको घटनाबारे न सरकारसँग जवाफ मागे, न त निष्पक्ष छानबिनको माग नै गरे।

सरकारको नेतृत्व गरिरहेको दलका सांसदहरूले घटनामाथि मौनता साध्दै विपक्षीले प्रयोग गरेका शब्दमा मात्रै आपत्ति जनाएपछि संसद्मा उनीहरूको भूमिकामाथि नयाँ प्रश्न उठेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.