बिहीबार, असार ३२,२०८३ 01:21:16
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 01:21:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सूर्यकुण्ड हाइड्रोको ३४ हजार ४८४ कित्ता सेयरको लकइन भदौ ४ मा खुल्ने

Laxmi Sunrise Bank Limited
सूर्यकुण्ड हाइड्रोको ३४ हजार ४८४ कित्ता सेयरको लकइन भदौ ४ मा खुल्ने

काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको ३४ हजार ४८४ कित्ता साधारण सेयरको लकइन अवधि आगामी भदौ ४ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सर्वसाधारणलाई सेयर बाँडफाँट गरिएको मितिबाट छ महिनाका लागि कायम गरिएको लकइन अवधि २०८३ भदौ ४ गतेसम्म रहनेछ। उक्त अवधि सकिएपछि सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेकोमध्ये बाँडफाँटपछि बाँकी रहेको ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयरको ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई छुट्याएको थियो। सोही व्यवस्थाअन्तर्गत विभिन्न सामूहिक लगानी कोषलाई कुल ३४ हजार ४८४ कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषले प्राप्त गरेको सेयर सर्वसाधारणलाई बाँडफाँट भएको मितिदेखि छ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सूर्यकुण्ड हाइड्रोका ती सेयरको लकइन अवधि भदौ ४ गते सकिने भएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिटिजन्स म्युचुअल फन्ड–२ को ३२७ कित्ता पहिले नै खुल्ने

कुल ३४ हजार ४८४ कित्ता सेयरमध्ये सिटिजन्स म्युचुअल फन्ड–२ लाई ३२७ कित्ता बाँडफाँट गरिएको थियो। उक्त योजना २०८३ असार २१ गते परिपक्व भइसकेकाले सो कोषको नाममा रहेको सेयर भने निर्धारित छमहिने अवधि अगावै बिक्री तथा हस्तान्तरण गर्न सकिने कम्पनीले जनाएको छ।

सामूहिक लगानी कोषको निर्धारित अवधि समाप्त भएको अवस्थामा त्यसको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न बाधा नपर्ने धितोपत्र बोर्डको व्यवस्थाअनुसार कम्पनीले ती ३२७ कित्ता सेयरको लकइन खुला गर्न असार ३२ गते सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरिसकेको छ।

कम्पनीले नियामक निकाय, सेयरधनी तथा सरोकारवालालाई लकइन अवधि समाप्तिसम्बन्धी जानकारी दिन सूचना प्रकाशित गरेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.