बुधबार, असार ३१,२०८३ 08:39:05
Bizshala
  • बुधबार, असार ३१,२०८३ 08:39:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा कम्पनीको लगानी बढाउन धितोपत्र बोर्डको मार्गचित्र, एमबीएससहित नयाँ उपकरणमा जोड

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीको लगानी बढाउन धितोपत्र बोर्डको मार्गचित्र, एमबीएससहित नयाँ उपकरणमा जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुको लगानी सुधार गर्न पूँजीबजार विकास मार्गचित्र तयार गरेको छ ।  

बोर्डले संस्थागत लगानीकर्ताको लगानी विविधिकरण तथा वैकल्पिक लगानी बजारको विकास गर्ने रणनीति बनाएको छ ।  

बजारको स्थायित्व, तरलता, गहिराई तथा दीर्घकालीन पूँजी परिचालनको आधार संस्थागत लगानीकर्ता रहेको विश्वका सफल पूँजीबजारहरुको अध्ययनले देखाएको बोर्डको निष्कर्ष रहेको छ ।  

नेपालमा व्यत्तिःगत लगानीकर्ताको प्रभुत्व धेरै रहेको छ भने दीर्घकालीन संस्थागत लगानी अझै सीमित छ । परिणामस्वरुप बजारमा उच्च उताचढाव, अल्पकालीन सट्टेबाजी तथा मूल्य अस्थिरता देखिने गरेको बोर्डको भनाई छ ।  

New Office
CG Motors
Garima Development Bank

बोर्डका अनुसार नेपालको पूँजीबजारलाई परिवपक्व र स्थिर बनाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, सामूहिक लगानी कोष, बैंक, प्राइभेट इक्विटी, उद्यमशील पूँजी तथा विदेशी संस्थागत लगानीको सक्रिय सहभागिता आवश्यक रहेको बोर्डले प्रष्ट पारेको छ ।  

बोर्डले तयार पारेको मार्गचित्रबमोजिम बीमा कम्पनीहरुको लगानी सुधार गर्न वैकल्पिक लगानी बजारको विकास गर्ने गरिनेछ । जसमा कर्पोरेट बण्डमा लगानी विस्तार, इन्फ्रास्ट्रक्चर फण्ड, प्राइभेट इक्विटी फण्ड, ग्रीन बण्डमा लगानी विकास गरिने बोर्डले उल्लेख गरेको छ ।  

साथै भविष्यमा Mortgage-Backed Securities मा समेत लगानी गर्ने र इन्भेष्टमेन्ट रिस्क फ्रेमवर्कमा सुदृढीकरण गर्ने बोर्डले जनाएको छ ।  

हाल बीमा कम्पनीहरुले सूचीकृत कम्पनीहरुको सेयर, सरकारी ऋणपत्र, कर्पोरेट बण्ड तथा डिबेञ्चर, म्युचुअल फण्ड, बैंक, निक्षेप र पूर्वाधार तथा अन्य स्वीकृत परियोजनमा लगानी गर्दै आइरहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भविष्यमा Mortgage-Backed Securities बजारको विकास 

हाल नेपालमा Mortgage-Backed Securities (एमबीएस)को बजार विकसित भइसकेको छैन। त्यसैले नेपाली बीमा कम्पनीहरूले अमेरिकी शैलीका MBS मा सामान्य रूपमा लगानी गर्ने व्यवस्था वा सक्रिय बजार छैन।

यदि भविष्यमा धितोपत्र बोर्डले नेपालमा Mortgage-Backed Securities, Asset-Backed Securities वा अन्य सेक्युरिटिज वित्तीय उपकरण जारी गरेमा बीमा कम्पनीहरुको लगानी विविधिकरण हुने देखिन्छ । 

यस्तो क्षेत्रमा लगानी गर्दा संस्थागत लगानीकर्ता बढी फाईदा हुने देखिन्छ । नेपालको सन्दर्भमा एमबीएस बाजरको विकास भयो भने बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, म्युचुअल फण्ड जस्ता संस्थागत लगानीकर्ताले नयाँ दीर्घकालिन लगानी विकल्प पाउनेछन् । साथै हाउजिङ फाइनान्सको विकासमा समेत टेवा पुग्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.