बिहीबार, असार ३२,२०८३ 05:32:18
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 05:32:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बागमतीमा नेकपासँग ‘वाम गठबन्धन’ गर्न एमालेको प्रस्ताव

नेकपाले मुख्यमन्त्रीमा दाबी गर्ने, तीन दल सम्मिलित सरकार पहिलो प्राथमिकतामा

Laxmi Sunrise Bank Limited
बागमतीमा नेकपासँग ‘वाम गठबन्धन’ गर्न एमालेको प्रस्ताव

 

काठमाण्डौ ।  केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको पहल सुरु भएको छ। नेकपा एमालेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग ‘वाम गठबन्धन’ बनाएर अघि बढ्ने प्रस्ताव गरेको छ।

एमालेका प्रदेशसभा सदस्यहरूले नेकपा बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सम्पर्क गरी सहकार्यको प्रस्ताव राखेका हुन्।

जम्कट्टेलका अनुसार बुधबारदेखि नै एमालेका सांसदहरूले फोनमार्फत वाम गठबन्धन निर्माणको प्रस्ताव राखिरहेका छन्। उनले एमालेको प्रस्तावलाई सकारात्मक रूपमा लिएको तर पार्टीको शीर्ष नेतृत्वबाट निर्देशन आएपछि मात्रै औपचारिक छलफल अघि बढ्ने बताए।

प्रदेश सरकार परिवर्तन हुने अवस्था आए नेकपाले मुख्यमन्त्रीमा दाबी गर्ने उनको भनाइ छ। बागमती प्रदेशसभामा नेकपा निर्णायक शक्तिका रूपमा रहेकाले आफ्नै नेतृत्वमा एमाले, नेकपा र कांग्रेस सम्मिलित सरकार गठन गर्नु पहिलो प्राथमिकता हुने उनले बताए।

 

New Office
CG Motors
Garima Development Bank

“एमालेका माननीयज्यूहरूले हामी मिलेर वाम गठबन्धनलाई अगाडि बढाऔँ भनिरहनुभएको छ। मैले त्यसलाई सकारात्मक रूपमा लिएको छु,” जम्कट्टेलले भने, “पार्टीको निर्देशनअनुसार छलफल हुन्छ। अहिलेसम्म कुनै निर्देशन आएको छैन।”

उनले वर्तमान सरकार परिवर्तन हुने अवस्था बने नेकपाले अन्य दलको नेतृत्वलाई समर्थन नगर्ने स्पष्ट पारे।

“प्रदेशसभाको दोस्रो ठूलो दलका रूपमा हामी आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्छौँ,” उनले भने।

जम्कट्टेलले प्रदेशहरूमा उत्पन्न पछिल्लो राजनीतिक अस्थिरताको जिम्मेवार एमाले भएको आरोपसमेत लगाए। कोशी र सुदूरपश्चिम प्रदेशको बजेट असफल बनाउने गतिविधिका कारण प्रदेश सरकारहरूमा समस्या देखिएको उनको दाबी छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनका अनुसार एमालेले ती प्रदेशको बजेट असफल बनाउन सक्रिय भूमिका खेल्दै कांग्रेससमक्ष समेत प्रस्ताव राखेको थियो।  प्रदेशको सत्ता समीकरणबारे पार्टीको शीर्ष तहबाट हुने निर्णय स्वीकार गरेर अघि बढ्ने उल्लेख गर्दै उनले सरकारको नेतृत्वमा नेकपाको दाबी भने स्वाभाविक रहने बताए।  हालसम्म नेपाली कांग्रेसले बागमती प्रदेश सरकार गठनका विषयमा कुनै औपचारिक प्रस्ताव वा छलफल नगरेको पनि उनले जानकारी दिए।  “शीर्ष तहबाट जे निर्णय आउँछ, त्यसलाई स्वीकार गर्छौँ। तर सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक रहन्छ,” जम्कट्टेलले भने, “हालसम्म कांग्रेसले सरकार गठनका लागि कुनै औपचारिक प्रस्ताव गरेको छैन।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.