बिहीबार, असार ३२,२०८३ 06:00:58
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 06:00:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन सामान्य बढ्यो नेप्से, जानकार भन्छन्, ‘मार्केटको सेन्टिमेन्ट पोजेटिभ छैन’

Laxmi Sunrise Bank Limited
आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन सामान्य बढ्यो नेप्से, जानकार  भन्छन्, ‘मार्केटको सेन्टिमेन्ट पोजेटिभ छैन’

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.५० अंक अर्थात ०.२८ प्रतिशतले वृद्धि भई २५९७.८० विन्दुमा कायम भएको छ ।  

त्यस्तै, सेन्सेटिभ इन्डेक्स समेत ०.६४ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत ३७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज ९ उपसूचकमा हरियाली छाएको छ भने ४ वटा समूह राताम्य भएका छन् । सर्वाधिक म्युुचुअल फण्ड समूहको १.६६ प्रतिशतले वृद्धि भएको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.६२ प्रतिशत, विकास बैंक समूह ०.०८ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.११ प्रतिशत, जीवन बीमा समूह ०.२५ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२३ प्रतिशत, निर्जीवन बीमा समूह १.११ प्रतिशत, अन्य समू्रह ०.३१ प्रतिशत र व्यापार समूह ०.३२ प्रतिशतले बढेको छ ।  

त्यस्तै आज फाइनान्स समूह ०.६६ प्रतिशत, हाइड्रो समूह ०.३४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह भने ०.११ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘दुईतीन दिनयता बजारमा सामान्य सुधार देखिएपनि समग्र मार्केटको मुभमेन्ट खासै पोजेटिभ देखिदैन । अहिले बजारको लागि सिजन मानिएपनि त्यहिअनुसारको टर्नओभर छैन । यसले बजारको सेन्टिमेन्ट पोजेटिभ छैन भन्ने संकेत गर्छ । साथै बैंकहरुबाट यो समयमा मार्जिन लोनहरु बढ्नुपर्ने थियो त्यहि अनुपातमा बढेको नदेख्दा बजारमा नयाँ पैसा भित्रिएको छैन भन्ने बुझिन्छ । लगानीकर्ताहरुमा धितोपत्र बोर्डको नीति वा राष्ट्र बैंकको नीतिले उत्साहित बनाएको छैन । २–३ दिन बढेको बजारलाई हेरेर रिभर्सल भएको मानिदैन । अझै केही दिन बजार सामान्य अंकले बढेर फेरी ‘डाउन ट्रेन्ड’मा जान सक्ने देखिन्छ ।’

New Office
CG Motors
Garima Development Bank

सर्वाधिक कमाउने टप १० कम्पनी  

आज सर्वाधिक कमाउनेमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य १४.९६ प्रतिशतले बढेको छ ।  

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको १४.६७ प्रतिशत, चिर्ख्वा हाइड्रोको १४.३४ प्रतिशत, पियोर इनर्जीको १३.९७ प्रतिशत, माईखोला हाइड्रोको १२.५२ प्रतिशत, १०% कुमारी डिबेञ्चरको १२.२० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ८.९१ प्रतिशत, माछापुच्छ्रे बैंक डिबेञ्चरको ८.५९ प्रतिशत, सयपत्री हाइड्रोको ८.५५ प्रतिशत र आरबीबी फोकस ४० को ८ प्रतिशतले बढेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने टप १० कम्पनी  

आज सर्वाधिक गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको सेयरभाउ ८.७७ प्रतिशतले घटेर १५९६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको ४.५३ प्रतिशत, भुजुङ्ग हाइड्रोको ४.३५ प्रतिशत, सानिमा डिबेञ्चरको ४.३३ प्रतिशत, श्वेत गंगा हाइड्रोपावरको ४.१९ प्रतिशत, रिज लाइन इनर्जीको ४.१४ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको ३.६१ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोको ३.४९ प्रतिशत, एसवाई प्यानलको ३.४५ प्रतिशत र युनिभर्सल पावरको ३.३९ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.