आईतवार, श्रावण ३,२०८३ 10:46:37
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 10:46:37
Bizshala
Global IME Bank Limited

मुग्लिङ-नारायणगढ सडकखण्डमा भएको दुर्घटनामा घाइतेको सङ्ख्या ३३ पुग्यो

मुग्लिङ-नारायणगढ सडकखण्डमा भएको दुर्घटनामा घाइतेको सङ्ख्या ३३ पुग्यो
New Office

काठमाण्डौ । जिल्ला चितवन इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा दुई बस र एउटा ट्रक एकापसमा ठोक्किँदा घाइते भएका यात्रुको संख्या ३३ पुगेको छ ।

आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ । घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा तीनवटै सवारीसाधनमा क्षति पुगेको थियो। केही समय दुवैतर्फ अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड भने सञ्चालनमा आइसकेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.