सोमबार, श्रावण ४,२०८३ 04:27:18
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 04:27:18
Bizshala
Global IME Bank Limited

प्रस्तावित निर्वाचन पदाधिकारीको सुनुवाइ मंगलबार, अहिलेसम्म परेन उजुरी

प्रस्तावित निर्वाचन पदाधिकारीको सुनुवाइ मंगलबार, अहिलेसम्म परेन उजुरी
New Office

 

काठमाण्डौ ।  प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आगामी मंगलबार गर्ने तयारी गरिएको छ।

संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। प्रस्तावित तीनै जनाविरुद्ध आइतबारसम्म कुनै उजुरी नपरेको संसदीय सुनुवाइ समिति सचिवालयले जनाएको छ।

समितिले उनीहरूविरुद्ध उजुरी दिन सोमबारसम्मको समय दिएको छ। तोकिएको समयभित्र उजुरी नपरे म्याद सकिएको भोलिपल्टै सुनुवाइ गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ।

असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मोरङका कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। सर्वोच्च अदालतका रजिस्ट्रारसमेत रहेका कार्कीले सरकारी वकिलका रूपमा सेवा सुरु गरेका थिए। पछि न्याय सेवाभित्रै समूह परिवर्तन गरी न्याय प्रशासन क्षेत्रमा गएका थिए।

सोही बैठकले नेपाल प्रहरीका पूर्वडीआईजी डा. सुब्बा र ओखलढुंगाका अवकाशप्राप्त सरकारी अधिकारी वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञका रूपमा काम गरेका सुब्बा डीआईजी पदबाट अवकाश भएका हुन्। वाग्ले निर्वाचन आयोगमा उपन्यायाधिवक्ताका रूपमा कार्यरत थिए। उनी मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा समेत आबद्ध रहिसकेका छन् र हाल सूचना प्रविधि विषयमा अध्ययन तथा अध्यापन गर्दै आएका छन्।

संसदीय सुनुवाइ समितिले असार २६ गते प्रस्तावित पदाधिकारीविरुद्ध उजुरी आह्वान गरेको थियो। समितिबाट अनुमोदन भएपछि उनीहरूलाई सम्बन्धित पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.