मंगलवार, श्रावण ५,२०८३ 05:08:43
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:08:43
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र जारी गर्न लागेको हो।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

१० वर्ष अवधिको यो ऋणपत्रको ब्याजरदर ७ प्रतिशत रहनेछ ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। यो ऋणपत्र निष्कासन छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि बन्द हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.