बुधबार, श्रावण ६,२०८३ 04:12:07
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:12:07
Bizshala
Global IME Bank Limited

सुनचाँदी व्यवसाय अब डिजिटल प्लेटफर्ममा, महासंघले ल्यायो वेबसाइट र एप

सुनचाँदी व्यवसाय अब डिजिटल प्लेटफर्ममा, महासंघले ल्यायो वेबसाइट र एप
New Office

काठमाण्डौ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायलाई डिजिटल र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित महासंघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेश कुमार अग्रवालले वेबसाइट र मोबाइल एपको औपचारिक शुभारम्भ गरेका हुन् ।

वेबसाइट र मोबाइल एपमार्फत सदस्यहरूले सुनचाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन–नियम, कार्यक्रमका विवरणलगायत आवश्यक जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। महासंघले यस डिजिटल प्रणालीले व्यवसायलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा देशभरका सदस्य संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागिता रहेको थियो। सहभागीहरूले डिजिटल प्लेटफर्मको प्रभावकारी कार्यान्वयन, सेवाको विस्तार र आगामी दिनमा थप सुविधा समावेश गर्न सुझाव दिएका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.