काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा समूह ०.६४ प्रतिशत र निर्जीवन बीमा समूह १.२६ प्रतिशतले घटेको छ ।
बीमा समूह घटेपनि तीन कम्पनीको सेयरभाउ भने बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरभाउ १.८८ प्रतिशतले बढेर ९७७ रुपैयाँ पुगेको छ भने हिमालयन लाइफको ०.३० प्रतिशत बढेर ३३५ रुपैयाँ र एलआइसी नेपालको ०.९९ प्रतिशत बढेर ८०४.४० रुपैयाँ पुगेको छ ।
सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.९२ प्रतिशतले घटेर १२०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.९० प्रतिशत, सिटिजन लाइफको ०.३३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.४३ प्रतिशत, आइएमई लाइफको ०.०७ प्रतिशत, नेपाल लाइफको १.२८ प्रतिशत, नेशनल लाइफको ०.८४ प्रतिशत, प्रभु महालक्ष्मी ०.८४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४८ प्रतिशत, सूर्यज्योति लाइफको ०.४८ प्रतिशत, सन नेपाल लाइफको १.१२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८५ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको १.४६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६० प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, एनएलजीको ०.६७ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०१ प्रतिशत, आरबीसीएलको १.०१ प्रतिशत, सलिकोको १.८७ प्रतिशत, सानिमा जिआइसीको १.६७ प्रतिशत, शिखरको ०.४७ प्रतिशत, युनाइटेड अजोडको २.७१ प्रतिशत, हिमालयन रि को १.३६ प्रतिशत र नेपाल रि को १.०७ प्रतिशतले घटेको छ ।

