काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
बैठकमा समसामयिक विषयसँगै विभिन्न नीतिगत निर्णयबारे छलफल हुने बताइएको छ। बैठकमा ३ प्रतिशत शिक्षा तथा स्वास्थ्य शुल्क फिर्ता लिने निर्णयलगायतका विषयमा छलफल हुने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकबाट सरकारका आगामी कार्यक्रम, प्रशासनिक निर्णय तथा जनसरोकारसँग सम्बन्धित विषयमा समेत निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

