शुक्रबार, श्रावण १५,२०८३ 04:05:54
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 04:05:54
Bizshala
Global IME Bank Limited

खल्ती मार्फत  डिम्याट तथा मेरोसेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याकको अवसर

खल्ती मार्फत  डिम्याट तथा मेरोसेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याकको अवसर
New Office

काठमाण्डौ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत खल्ती  मार्फत डिम्याटतथा मेरोशेयर नवीकरणगर्ने हरेक १५ दिनमा १००जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्नेअवसर पाउनेछन्। यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६गतेदेखि डिम्याट खाता रोक्का हुन सक्नेछ। डिम्याट खाता रोक्का भएपछि सेयर खरिद–बिक्री लगायतका पूँजीबजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ।

हाल डिम्याट खाताका लागि वार्षिक रु. १०० र मेरोसेयरका लागि वार्षिक रु. ५० नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्दै खल्ती ले ‘१००% उपहार’ योजना ल्याएको हो।

योजनाअन्तर्गत खल्तीबाट MeroShare तथा DEMAT नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना विजेताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको १००% क्यासब्याक प्राप्त गर्नेछन्। यस योजनामार्फत प्रयोगकर्ताले वार्षिक शुल्कको भुक्तानीसँगै आकर्षक क्यासब्याक जित्ने अवसर समेत पाउनेछन्।

खल्तीबाट डिम्याट तथा मेरोसेयर कसरी नवीकरण गर्ने?

१. Khalti App खोल्नुहोस्।

२. Financial Services मा गई MeroShare & Demat Renewal मा क्लिकगर्नुहोस्।

३. आफ्नो Depository Participant (DP) छनोट गरी Client ID प्रविष्ट गर्नुहोस्।

४. Demat, MeroShare वा Both मध्ये आवश्यक सेवा छनोट गर्नुहोस्।

५. Get Details मा क्लिक गरी आफ्नो विवरण पुष्टि गर्नुहोस्।

६. विवरण सही भएपश्चात Khalti मार्फत केहीसेकेन्डमै सुरक्षित रूपमा भुक्तानी सम्पन्न गर्नुहोस्।

प्रयोगकर्ताले आफ्नो Broker वा Depository Participant (DP) को वेबसाइटबाटनवीकरण गर्दै हुनुहुन्छ भने Khalti Payment Gateway मार्फत पनि डिम्याट तथा मेरोसेयर नवीकरण शुल्क सहजरूपमा भुक्तानी गर्नसक्नेछन्।

खल्तीले डिम्याट तथा मेरोसेयर नवीकरणलाई छिटो, सुरक्षितर सहज बनाउन App तथा Payment Gateway दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको छ। प्रयोगकर्ताले घरमै बसेर २४ घण्टा सेवा प्रयोग गरी आफ्नो नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।

आफ्नो डिम्याट तथा मेरोसेयर खाता सक्रिय राख्न अन्तिम समय कुर्नुभन्दा अगावै नवीकरण गर्नुका साथै हरेक १५ दिनमा १००जना प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने ‘१००% उपहार’ योजनामा सहभागी हुने अवसर समेत प्राप्त गर्न सकिन्छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.