बिहीबार, श्रावण १४,२०८३ 08:50:15
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 08:50:15
Bizshala
Global IME Bank Limited

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच
New Office

काठमाण्डौ । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् ।

यस प्रक्रियामा वस्तुको मूल्य तथा आपूर्तिमा अनिश्चितता रहने गरेको छ । चाइनाबजारले उपभोक्तालाई सहज तथा सुलभरुपमा सेवा दिने चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुती श्रेष्ठले बताइन् ।

नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बिचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सक्ने यस ई–कमर्स प्लेटफर्मको मूल अवधारणा हो । श्रेष्ठका अनुसार चाइनाबजारले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्छ, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउँछ, कम्पनीकै गोदाममा भण्डारण गर्छ र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याउँछ ।

यसरी स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोटो हुने तथा मूल्य पारदर्शी र प्रतिस्पर्धी हुने पनि उनको भनाइ छ ।

‘एन्जोय योर संपिग’ नारासहित सञ्चालनमा आएको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली ९लाइफस्टाइल० सम्बन्धी सामग्री तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध गराउने जनाएको छ। आगामी दिनमा उत्पादनको दायरा क्रमशः विस्तार गरिने श्रेष्ठले बताइन्।

कम्पनीको आफ्नै गोदाम तथा वितरण प्रणालीका भएका कारण छिटो र भरपर्दो सेवा प्रदान गरिने पनि उनको भनाइ छ ।

नेपालको डिजिटल अर्थतन्त्र निरन्तर विस्तार भइरहेको समयमा चाइनाबजारले सजिलै ग्राहकको मन जित्ने श्रेष्ठको दाबी छ। “यसका साथै, चाइनाबजारले आगामी दिनमा उत्पादनको विविधता बढाउँदै देशभर आफ्नो अफलाइन रिटेल एक्सपेरियन्स स्टोरको सञ्जाल पनि विस्तार गर्नेछ,” उनले भनिन् ।

चीनका उत्पादक र नेपाली उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक पहुँच स्थापित गर्ने उद्देश्य राखेको चाइनाबजारको पहिलो एक्सपेरियन्स स्टोर पनि गुण कम्प्लेक्समा बुधबारबाट सञ्चालनमा आएको छ ।

यो एउटा एक्सपेरियन्स स्टोर अर्थात् अफलाइन रिटेल स्टोर हो । यसले ग्राहकलाई सामान प्रत्यक्ष हेर्ने र अनुभव लिने अवसर दिन्छ । कम्पनीले यसलाई विस्तारै देशभरका प्रमुख सहरमा खोल्दै जाने क्रममा पहिलो चरणमा छिट्टै विरगंजमा र भैरहवामा चाइना बजारको एक्सपेरियन्स स्टोर खोल्ने पनि जनाएको छ ।

ग्राहकले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.