Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल

Global IME Bank Limited
सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल
Nabil Bank Limited

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको खुद आम्दानीमा ७०२४.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ९२ करोड ७७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ३० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । मादी खोलाको पानीको प्रवाह राम्रो भएकाले सुख्खायाम पुसदेखि चैतसम्म कन्ट्राक्ट इनर्जीभन्दा बढी आम्दानी भएको कम्पनीले जनाएको छ ।  

कम्पनीको वित्त खर्च ५६ करोड ७९ लाख, कर्मचारी खर्च ६७ लाख ३५ हजार र अन्य सञ्चालन ५ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १० करोड ८४ लाख रुपैयाँबराबर रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १४ करोड ६५ लाख र कुल चालु दायित्व ४४ करोड ४६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०५.१६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३८.०६ रुपेयाँ र तरलता अनुपात २.५७ प्रतिशत कायम भएको छ ।   


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X