Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार,बोलकबोल आज

Global IME Bank Limited
विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार,बोलकबोल आज
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सरकारले विकास ऋणपत्र बिक्री गरेर १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।  

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको हो । यो विकास ऋणपत्रको बोलकबोल आज दिउँसो २ बजे अनलाइन बिडिङमार्फत हुन लागेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसको निष्कासन मिति भने माघ १२ गते र साँबा भुक्तानी मिति भने २०८५ माघ १२ गते तोकिएको छ ।  

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था र नेपाली नगारिकले खरिद गर्न सक्नेछन् । यो धितोपत्र धितो राखि कर्जा लिन पाइने व्यवस्था गरिएको छ । यसको ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।  

ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा ब्याजकर कर लाग्ने छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु.८५० करोड र १५० करोड छुट्टाइएको छ ।  

बोलकबोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।  

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबो ल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । ईच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् ।

अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिन केन्द्रीय बैंकले जनाएको छ ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.