आईतवार, असार १५,२०८२ 01:43:08
  • आईतवार, असार १५,२०८२ 01:43:08
Global IME Bank Limited

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना

Hyundai Nepal
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना
Nabil Bank Limited

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि ‘ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि सेयर बजारतर्फ आकर्षित गरी सम्पन्न बनाउन उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ । 

योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् ।  

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा यो लिंक https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त योजना आगामी वैशाख २६ गतेदेखि जेठ २६ सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।

ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै, ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.