शुक्रबार, श्रावण १,२०८३ 02:21:26
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:21:26
Bizshala
Global IME Bank Limited

विश्वकै पहिलो सिक्स–जी उपकरण सार्वजनिक, फाइभ–जीको तुलनामा २० गुणा बढी तीव्र चल्ने

विश्वकै पहिलो सिक्स–जी उपकरण सार्वजनिक, फाइभ–जीको तुलनामा २० गुणा बढी तीव्र चल्ने
New Office

काठमाण्डौ । इन्टरनेटको फाइभ जी स्पीडको अनुभव धेरैजसो मानिसहरुले लिइसकेका छन् । यस्तोमा अब विश्वकै पहिलो सिक्स जी डिभाइसको प्रोटोकल सार्वजनिक भएको छ । यसले १०० गिगाबाइट प्रति सेकेण्डमो गतिमा डेटा ट्रान्समिट गर्न सक्छ ।  

यस्तै यसले ३ सय फिटभन्दा बढी क्षेत्रफल कभर गर्न सक्छ । यो वर्तमानको फाइभ जी प्रविधिको तुलनामा २० गुणा बढी तीव्र छ । यो धेरैजसो मानिसहरुका लागि उपयोगी हुन सक्ने जनाइएको छ । यो डिभाइस स्मार्टफोन भने होइन ।  

यो सिक्स जी लाई जापानमा विकास गरिएको हो । यो डिभाइसलाई केहि कम्पनीहरुले साझेदारी गर्दै तयार गरेका हुन् । साझेदारी गर्ने कम्पनीहरुमा डोकोमो, एनटीटी कर्पोरेशन,एनईसी कर्पोरेशन र फुजीत्सु जस्ता कम्पनी रहेका छन् ।  

रिपोर्टका अनुसार गत अप्रिल ११ मा यो डिभाइसको सफल परीक्षण गरिएको थियो । कम्पनीहरुका अनुसार यो प्रोटोटाइप डिभाइसले १०० जीबीपीएस को गतिसम्म पुग्न सक्छ । यो परीक्षण ३२८ फिटको दूरीमा राखिएको डिभाइसका साथ परीक्षण गरिएको थियो र गति पनि जाँच गरिएको थियो ।  

सिक्स जीको परीक्षण सिंगल डिभाइसमा गरिएको थियो । तर यसलाई व्यवसायिक रुपमा भने परीक्षण गरिएको छैन । फाइभ जी मा थियोरेटिकल मेकानिकल स्पिड १० जीबीपीएस पाउन सकिन्छ । तर वास्तविक दुनियामा भने यो  

स्पीड कमै मात्रै देख्न पाइन्छ । अमेरिकामा टी–मोबाइल प्रयोगकर्ताले औषत २०० एमबीपीएसको गति पाउने गरेका छन् ।  -एजेन्सी

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.