शनिबार, असार १४,२०८२ 09:52:35
  • शनिबार, असार १४,२०८२ 09:52:35
Global IME Bank Limited

नेप्सेमा सामान्य सुधार, ‘बजेटप्रति लगानीकर्ता आशावादी’

Hyundai Nepal
नेप्सेमा सामान्य सुधार, ‘बजेटप्रति लगानीकर्ता आशावादी’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ५.६३ अंकले बढेर १ हजार ९६६.२३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले बढेर ३५०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘आजको बढाईको लगानीकर्ता केहि आशावादी भएका  छन् । तर अझै पनि ढुक्क हुने अवस्था भने बनिसकेको छैन । लगानीकर्ता बजेटबाट निकै आश गरेका छन् । बजेटमा सेयर बजारको समस्याका बारेमा कस्तो सम्बोधन हुन्छ भनेर लगानीकर्ता व्यग्र प्रतिक्षामा बसेका छन् ।’

लगानीकर्ता र निजी क्षेत्रको दबावमा सरकार रहेको बताउँदे भट्टराईले अर्थ मन्त्रालयको खुकुलो नीतिपछि मौद्रिक नीति पनि सहज हुने र जेठबाट ब्रोकर कमिसन पनि घट्ने उनले बताए ।  

अर्का बजार जानकार तारा फुल्लेलले सरकारको गैर जिम्मेवारी नीतिका कारण बजार खस्किरहेको बताए । त्यसमा राष्ट्र बैंक पनि बाधक बनेको फुल्लेलले बताए । ‘त्यसैले तरलता सहज हुँदा हुँदै पनि लगानीकर्ताको आत्म्बल बढ्न नसक्दा बजार बढ्न सकेन र सरकारको कार्यान्वयन पक्ष पनि कमजोर बन्यो । यद्यपी बजार अब यहाँबाट तल भने जादैँन ।’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छायो भने अन्य ३ वटा समूहमा रातो पोतियो ।  

आज होटल समूह सर्वाधिक अर्थात ६.९६ प्रतिशतले बढ्यो । आज बैंकिङ समूह ०.४६ प्रतिशत, विकास बैंक ०.७९,वित्त ०.६६, हाईड्रो ०.२१,लगानी ०.२३,म्युचुअल फण्ड ०.१८,निर्जीवन बीमा ०.१५,अन्य ०.०१ र व्यापार समूह ०.०७ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज जीवन बीमा समूह ०.४४ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.१२ र लघुवित्त ०.९० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १६ करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सोल्टी होटलको १४ करोड ४७ लाख, फर्स्ट माईक्रोफाइनान्सको ९ करोड ६६ लाख र पोखरा फाइनान्सको ९ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ओरियन्टल होटलको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ८.४६ प्रतिशतले बढ्यो । यो दिन सिटी होटलको सेयरमूल्य ७.९९ प्रतिशत,सोल्टी होटलको ७.४१ र तारागाँउ रिजेन्सी होटलको सेयरमूल्य ६.५६ प्रतिशतले बढ्यो ।  

आज सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.४८ प्रतिशतले घट्यो ।  

यस्तै आज विन नेपाल लघुवित्तको सेयरमूल्य ४.२५ प्रतिशत र साधना लघुवित्तको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.