Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

इन्ड्राइभको ‘योरपेस किप फिट सर्किट नेपाल रनिङ’ कार्यक्रम घोषणा

Global IME Bank Limited
इन्ड्राइभको ‘योरपेस किप फिट सर्किट नेपाल रनिङ’ कार्यक्रम घोषणा
Nabil Bank Limited

काठमाण्डौ । इन्ड्राइभको ‘योरपेस किप फिट सर्किट नेपाल शुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवद्धन गर्ने उदेश्यले डिजाइन गरिएको हो ।

मे २ देखि सेप्टेम्बर २५ (बैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो ।

कार्यक्रमले प्रमुख आठ स्थानहरूः काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागितालिका निर्धारित गरिनेछ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवद्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको पहल हो । यो निःशुल्क तालिम कार्यक्रमले समुदायभित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिदै सक्रिय र स्वस्थ जीवन शैली अपनाउन मानिसहरुलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले सहभागीहरूलाई दौड प्रशिक्षण र समर्थन प्रदान गरेर  शारीरिक र मानसिक रूपमा आफूलाई विकास गर्न साथै व्यक्तिगत कल्याणको लागि होस् वा खेलकुदमा करियर बनाउनको लागि सशक्तबनाउने प्रयास गर्ने जनाइएको छ ।  

कार्यक्रमको एक भागको रूपमा सहभागीहरूले ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् ।

प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६ औं काठमाण्डौ म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

इन्ड्राइभका हेड अफ स्पोर्ट, अन्ना फेडोरचुकले भनिन,‘हामी गतवर्षदेखि यो सहकार्य जारी राख्न पाउँदा र यो असाधारण कार्यक्रम पुनः प्रस्ताव गर्न पाउँदा खुसी छौं । हाम्रो लक्ष्य मानिसहरूलाई स्वास्थ्य र फिटनेसमा प्रेरित गर्नु र त्यसका लागि सशक्त बनाउँदै समान सोच भएका उत्साही मानिसहरुको समुदाय निर्माण गर्नु हो ।’


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X