शनिबार, असार १४,२०८२ 05:02:47
  • शनिबार, असार १४,२०८२ 05:02:47
Global IME Bank Limited

लगातार ३ दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक

Hyundai Nepal
लगातार ३ दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात २४.३९ अंकले बढेर १ हजार ९९८.८९ विन्दुमा पुगेको छ । यससँगै नेप्से लगातार तीन दिन बढेको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले बढेर ३५६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्, ‘बैंकहरुको ब्याजदर घटेर प्रकाशन हुनु, जेठ १ गतेदेखि ब्रोकर कमिशन घट्नु र बजेट र मौद्रिक नीतिको समीक्षा आउँदै गर्दा आज बजार बढ्न पुगेको हो ।’  

बजारको दिगो सुधारका लागि केहि खुकुलो समीक्षा आउनुपर्ने थापाले बताए । ‘आजको बजारमा बैंकिङ सेक्टरमा भोल्युिमसहित बजार सर्पोट जोनबाट फर्केको छ । यसकारण हालको लागि बजारको बटम यहि भएको र बजार २२ सयसम्म पुग्न सक्छ ।’ उनले भने ।

अर्का बजार जानकार सुमन कुमार रिजालले पनि बजार सर्पोट जोनबाटै माथि लागेको र राम्रो भोल्युमसहित बढोत्तरी आएकाले बजारले माथिको यात्रा तय गर्ने बताए । यद्यपी बजार २०४० भन्दा माथि गएपछि मात्रै बजार बुलिस यात्रामा गएको भन्न मिल्ने रिजालले भने ।  

लगानीकर्ताका लागि भने अहिले खरिद गर्ने उपयुक्त समय भएको रिजालले दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटा समूहमा भने रातो पोतियो । आज बैंकिङ समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । आज बैंकिङ समूह ३.२१ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज विकास बैंक समूह ०.३० प्रतिशत,हाईडो ०.५७,लगानी २.०४,जीवन बीमा ०.५१ ,लघुवित्त ०.७१,म्युचुअल फण्ड ०.२४ र अन्य समूह ०.८८ प्रतिशतले बढ्यो ।  

आज वित्त समूह ०.१९ प्रतिशत होटल ०.४४, उत्पादन तथा प्रशोधन ०.१० र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक अर्थात ३० करोड ८० लाख रुपैयाँबराबरको कारोबार भयो । आज सिईडिबि हाईड्रोको २८ करोड २३ लाख,कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख र पोखरा फाइनान्सको ६ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नारायणी डेभलपमन्ट बैंक,समाज लघुवित्त,मान्डु हाईड्रो, श्रृजनशिल लघुवित्त,हिमालयन उर्जा र गुराँस लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.६५ प्रतिशतले घट्यो । यो दिन आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ३.३५ र रिभर फल्सको सेयरमूल्य २.५४ प्रतिशतले ओरालो लाग्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.