मंगलवार, असार ३,२०८२ 10:56:19
  • मंगलवार, असार ३,२०८२ 10:56:19
Global IME Bank Limited

कर्मचारी सुविधाका लागि बीमा कम्पनीले छुट्याए रु.८.२० अर्ब, जीवन र निर्जीवनतर्फ कुनले कति ?

Hyundai Nepal
कर्मचारी सुविधाका लागि बीमा कम्पनीले छुट्याए रु.८.२० अर्ब, जीवन र निर्जीवनतर्फ कुनले कति ?
Nabil Bank Limited

काठमाण्डौं । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको सेवा सुविधाका लागि ८ अर्ब रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ । सञ्चालनमा रहेका १४ जीवन र १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ अर्ब २० करोड रुपैयाँ कर्मचारी सुविधा खर्च शीर्षकमा छुट्याएको हो ।

यो रकम गत आवको तुलनामा ३२.४८ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म बीमा कम्पनीहरुले यस्तो शीर्षकमा ६ अर्ब १९ करोड रुपैयाँ छुट्याएको थियो । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई सुविधा प्रदान गर्न वित्तीय विवरणमा यस्तो शीर्षकमार्फत रकम छुट्याएका हुन्छन् ।  

कर्मचारी लाभ शीर्षकले कम्पनीले आफ्ना कर्मचारीलाई सुविधा दिन वा फाइदा पुर्याउन खर्चिएको रकम भन्ने बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र नगद पनि हुन सक्छ ।  

जसमा न्यूनतम पारिश्रमिक, बोनस तथा भत्ता प्राप्त गर्ने कर्मचारीलाई स्वास्थ्य बीमा लगायत लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा बापत समेत यस्तो शीर्षकमा रकम छुट्याएका हुन्छन् ।  

कर्मचारी लाभको लागि रकम छुट्याउँदा बफादार जनशक्ति, कामप्रति निष्ठा, कम्पनीको व्यवसायमा प्रगति, स्वस्थ टिम र कर्मचारीको क्षमतामा अभिबृद्धि हुन सक्ने जस्ता फाइदाहरु हुन सक्छन् ।  

जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई बढी खुशी बनाएको देखिएको छ । जीवन बीमा कम्पनीतर्फ ३ कम्पनीले यस्तो शीर्षकमा छुट्याउने रकम गत आावको तुलनामा घटेको छ भने निर्जीवन बीमा कम्पनीहरु सबैले यस्तो शीर्षकको रकम बढाएका छन् ।  

चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४१ करोड रुपैयाँ कर्मचारी सुविधका लागि छुट्याएका छन् । यो रकम गत आवको तुलनामा १७.१४ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म जीवन बीमकले यस्तो शीर्षकमा ३ अर्ब ७६ करोड रुपैयाँ छुट्याएको थियो ।  

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले भने गत आवको तुलनामा यस्तो रकम ५६.३३ प्रतिशतले बढाएको छ । गत आवमा २ अर्ब ४२ करोड रुपैयाँ कर्मचारी लाभको लागि छुट्याएका निर्जीवन बीमकहरुले चालु आवको यस अवधिसम्म भने ३ अर्ब ७८ करोड रुपैयाँ छ्ट्याएका छन् ।  

जीवन र निर्जीवन बीमा कम्पनीहरुमा चैत मसान्तसम्म कर्मचारीको संख्या कुल ११ हजार ५६९ जना छन् । जसमा जीवन बीमातर्फ ५ हजार ७९४ जना  र निर्जीवन बीमातर्फ ५ हजार ७७५ जना छन् । जीवन बीमातर्फ सर्वाधिक हिमालयन लाइफमा ७६८ जना र निर्जीवन बीमातर्फ सर्वाधिक सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६४८ जना रहेका छन् ।  

जीवन बीमातर्फ  

जीवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्म कर्मचारी सुविधाका लागि कुल ४ अर्ब ४१ करोड रुपैयाँ रकम छुट्याएको छ ।  

सो अवधिसम्म सर्वाधिक हिमालयन लाइफले मात्रै ६४ करोड ४० लाख रुपैयाँ यस्तो शीर्षकमा रकम छुट्याएको छ । चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुमा सर्वाधिक हिमालयन लाइफमा कर्मचारी संख्या ७६८ जना छन् । कर्मचारी संख्या बढी हुन जाँदा यस्तो शीर्षकको रकम समेत बढी देखिएको हो ।  

तर कम्पनीले गत आवको तुलनामा भने यस्तो रकम ४.४५ प्रतिशतले घटाएको छ । गत आवको यस अवधिसम्म कम्पनीले ६७ करोड ४० लाखरुपैयाँ कर्मचारी सुविधाका लागि छुट्याएको थियो ।  

त्यस्तै, दोस्रोमा नेपाल लाइफले ५७ करोड ५९ लाख रुपैयाँ छुट्याएको छ । यो रकम गत आवको तुलनााम ४.६६ प्रतिशतले कम हो । गत आावमा कम्पनीले ६० करोड ४० लाख रुपैयाँ कर्मचारी लाभको लागि छुट्याएको थियो । नेपाल लाइफमा सो अवधिसम्म कर्मचारी संख्या ६५७ जना रहेका छन् ।  

तेस्रोमा सुर्यज्योति लाइफले यस्तो शीर्षकमा रकम ४६ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । यो रकम पनि गत आवको तुलनामा १।६० प्रतिशतले कम हो । गत आवमा कम्पनीले ४६ करोड ८६ लाख रुपैयाँ छुट्याएको थियो ।  

कर्मचारीका लागि सर्वाधिक रकम छुट्याउने टप ३ कम्पनीको यस्तो रकम गत आवको तुलनामा घट्न पुगेको छ । अन्य ११ वटा कम्पनीले भने कर्मचारी सेवा सुविधाका लागि खर्चिने रकम बढाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक सानिमा रिलायन्स लाइफले यस्तो रकम १९१.८१ प्रतिशतले बढाएको छ । गत आवको यस अवधिसम्म कर्मचारी सुविधा शीर्षकमा १३ करोड ५९ लाख रुपैयाँ मात्रै छुट्याएको उक्त कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३९ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । यसर्थ कम्पनीले आफ्ना कर्मचारीलाई धेरै सुविधा दिएर खुशी बनाएको देखिन्छ । सो अवधिसम्म कम्पनीमा कार्यरत कर्मचारी संख्या ४६२ जना रहेका छन् ।  

निर्जीवन बीमा तर्फ  

निर्जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमाससम्म कर्मचारी सुविधाका लागि ३ अर्ब ७८ करोड रुपैयाँ छुट्याएको छ । यो रकम गत आवको तुलनामा ५६.३३ प्रतिशत बढी हो । गत आवमा निर्जीवन बीमकहरुले यस्तो शीर्षकमा २ अर्ब ४२ करोड रुपैयाँ मात्रै छुट्याएका थिए ।  

सर्वाधिक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सो अवधिसम्म ४६ करोड ७ लाख रुपैयाँ कर्मचारी लाभ शीर्षकमा छुट्याएको छ । यो रकम गत आवको तुलनामा १३१.०८ प्रतिशतले बढी हो । सो अवधिसम्म कम्पनीमा कार्यरत कर्मचारीको संख्या ६२२ जना रहेका छन् ।  

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि सो अवधिसम्म ४२ करोड २२ लाख रुपैयाँ छुट्याएको छ । यो रकम पनि १०७।३२ प्रतिशतले बढी हो । निर्जीवन बीमामा सर्वाधिक सगरमाथा लुम्बिनी इन्स्योरेन्समा कर्मचारी संख्या ६४८ जना छन् ।  

यसका साथै शिखर इन्स्योरेन्सले पनि ३६ करोड ८८ लाख रुपैयाँ कर्मचारी लाभको लागि छुट्याएको छ ।  

गत आवको तुलनामा भने सर्वाधिक ओरियण्टल इन्स्योरेन्सले आफ्ना कर्मचारी खुशी बनाएको छ । गत आवमा ६ करोड २२ लाख रुपैयाँ मात्रै कर्मचारी सुविधाको लागि रकम छुट्याएको सो कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १६ करोड २७ लाख रुपैयाँ छुट्याएको छ ।  

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १३१.०८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १०७.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १०० प्रतिशत र युनाइटेड अजोडले ९३.३३ प्रतिशतले कर्मचारी सुविधाको खर्च बढाएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.