Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने

सेबोन र बीमा प्राधिकरणको संस्थागत सुधार हुने, नेप्से र सिडिएसीको संरचनागत सुधारको घोषणा

Hyundai Nepal
अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्ने भएको छ ।  

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

उनले पूँजीबजारको विकासका लागि नेप्से र सिडिएससीको संरचनागत सुधार गरिने समेत घोषणा गरेका छन् ।  

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने नीतिगत व्यवस्था हुने समेत उनले सो क्रममा घोषणा गरेका छन् । 

Shivam Cement
Sagarmatha Cement

सो क्रममा अर्थमन्त्री पुनले राष्ट्रबैंक ऐन र विदेशी विनियम ऐन सुधार गरिने समेत घोषणा गरेका छन्। वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनहरुलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने समेत उनले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउने कार्यक्रम सञ्चालन गरिने र बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने उनले घोषणा गरेका छन् ।  

सरकारले सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने भएको छ । त्यस्तो कर्जामा दिइँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधि पुनरावलोकन गरिने समेत अर्थमन्त्री बताएका छन् ।  

सहुलियतपूर्ण कर्जाका लागि सरकारले बजेटमा ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.