Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बीमा कम्पनीमध्ये नेपाल रि इन्स्योरेन्सको सेयरभाउ सर्वाधिक बढ्यो, हिमालयन रि को सर्वाधिक कारोबार

Global IME Bank Limited
बीमा कम्पनीमध्ये नेपाल रि इन्स्योरेन्सको सेयरभाउ सर्वाधिक बढ्यो, हिमालयन रि को सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ ।साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.३७ प्रतिशतले बृद्धि भई २०४९ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा रहेका १३ उपसूचकमध्ये ४ समूह राताम्यभएका छन् भने बाँकी समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसमूह बृद्धि भएका छन् । जीवन बीमा इन्डेक्स ०.५० प्रतिशत र निर्जीवन बीमा इन्डेक्स ०.५२ प्रतिशतले बृद्धि भएको छ ।  

बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्नेमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.७१ प्रतिशतले बढेर ७५२ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नेपालइन्स्योरेन्सको ३.१५ प्रतिशत, शिखर इन्स्योरेन्सको १.४० प्रतिशत, सुर्यज्योतिलाइफको १.३७प्रतिशत, रिलायबल नेपाललाइफको १.३२ प्रतिशत, युनाइटेड अजोडको १.२८ प्रतिशत, सिटिजन लाइफको १.१० प्रतिशत, आइएमई लाइफको ०.९५ प्रतिशत, एलआइसी नेपालको ०.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.८९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.७१ प्रतिशतर सानिमा रिलायन्स लाइफको ०.६५ प्रतिशतले सेयरभाउ बढेको छ ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.५६ प्रतिशत, नेशनल इन्स्यारेन्सको ०.४१ प्रतिशत, एनएलजीको ०.३९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३६ प्रतिशत र नेपाल लाइफको ०.३२ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा सन नेपाललाइफ रहेको छ । कम्पनीको सेयरभाउ सन नेपाल लाइफको १.०१ प्रतिशतले घटेर ५८९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एशियन लाइफको ०.२२ प्रतिशतले घटेर ६८० रुपैयाँ कायम भएको छ । यसका साथै हिमालयन लाइफको ०.२७प्रतिशत, नेको इन्स्योरेन्सको ०.५९ प्रतिशत, सलिकोको ०.५४ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ०.१३ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.८९ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने बीमा कम्पनीमा हिमालयन रि इन्स्योरेन्सको ३३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाललाइफको १७ करोड ३४ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ७ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.