शुक्रबार, असार १३,२०८२ 11:56:53
  • शुक्रबार, असार १३,२०८२ 11:56:53
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से,‘बजारमा बिक्री दबाव व्याप्त’

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से,‘बजारमा बिक्री दबाव व्याप्त’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५६ प्रतिशत अर्थात ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ३६२.७४ विन्दुमा झरेकोे छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार मेघनाथ निरौला भन्छन्, ‘अहिले असार मसान्तको हिसाबमिलानका कारण बजार दबाव सिर्जना भएको छ । अन्य व्यापार व्यवसायमा पनि सुस्तता छाएको छ । निजी कम्पनीहरुलाई तलब खुवाउन पनि सेयर बेच्नु पर्ने अवस्था छ । यहि कारण बजारमा बिक्री दबाव परेको छ ।’

यद्यपी आगामी साताबाट बजार सम्हालिन सक्ने र यो बेला राम्रा कम्पनीमा लगानी गर्ने उपयुक्त समय भएको उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्,‘ असार मसान्तको प्रभाव र केहि बढेका समूहमा नाफा बुकका कारण आज बजार घट्न पुगेको हो । बैंक तथा वित्तीय क्षेत्रमा बिक्री दबावका कारण बजार ओरालो लागेको छ ।’

गजुरेलका अनुसार नियामकको कसिलो नीति र बजारप्रतिको उदासिनताले नयाँ लगानीकर्ता बजार प्रवेश गर्न नसकेका कारण सेयर बजार घटिरहेको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज वित्त समूह ०.४५ प्रतिशत,म्युचुअल फण्ड ०.१४ र व्यापार समूह ०.२२ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज १.०३ प्रतिशतले ओरालो लाग्यो । साथै आज बैंकिङ समूह ०.६५ प्रतिशत,होटल ०.२९,हाईड्रो ०.५८,लगानी ०.९१,जीवन बीमा ०.६१,उत्पादन तथा प्रशोधन ०.१६,लघुवित्त ०.४८,निर्जीवन बीमा ०.३४ र अन्य समूह ०.५८ प्रतिशतले ओरालो लाग्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १६ करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै आज गूडविल फाइनान्सको १५ करोड १६ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ३३ लाख,ग्लोबल आईएमई लघुवित्तको ८ करोड ८२ लाख र पोखरा फाइनान्सको ८ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन शिवश्री हाईड्रोको सेयरमूल्य ७.२६ प्रतिशत,गणपति लघुवित्तको ७.१३,मुक्तिनाथ कृषि कम्पनीको ६.५० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.१० प्रतिशतले बढ्यो ।  

सबैभन्दा धेरै सेयरमूल्य घट्ने कम्पनीको रुपमा आज साधना लघुवित्त कम्पनी रह्यो । यो कम्पनीको सेयरमूल्य ६.३८ प्रतिशतले घट्यो । यस्तै आज हिमालयन उर्जाको सेयरमूल्य ५.२५ र मिल सोलु हाईड्रोको सेयरमूल्य ४.२६ प्रतिशतले घट्यो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.