बिहीबार, बैशाख ३१,२०८३ 04:58:00
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:58:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल फाइनान्समा लोअर सर्किट, ‘चलखेल गर्नेको शैली फेरियो, नियामक रमिते’

Laxmi Sunrise Bank Limited
नेपाल फाइनान्समा लोअर सर्किट, ‘चलखेल गर्नेको शैली फेरियो, नियामक रमिते’
Shivam Cement

काठमाण्डौ । चरम चलखेलसँगै योजनाबद्ध ढंगले मूल्य बढाइएको नेपाल फाइनान्सको दोश्रो बजार मूल्यमा साताको अन्तिम कारोबार दिन बिहीबार भने लोअर सर्किट लागेको छ ।  

कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्दै लोअर सर्किट लागी ९२९.७० रुपैयाँ प्रतिकित्तामा सीमित बन्न पुगेको हो ।  

नियोजित ढंगले केही दिनसम्म लगातार अपर सर्किट लगाइएको यो कम्पनीको सेयरमा चलखेल गर्ने खेलाडीहरुले प्रफिट बुक गर्ने क्रम देखिएसँगै बिक्रीको चाप ह्वात्तै बढेर नेगेटिभ सर्किट लागेको हो । योसँगै बिहीबार एकैदिन नेपाल फाइनान्सको सेयरमूल्य प्रतिकित्ता १०३.३० रुपैयाँले घटेको छ । 

Bizshala
New Office
CG Motors

 

नेपाल फाइनान्सको प्रमुख वित्तीय सूचकहरु नकारात्मक हुँदा हुँदै पनि खेलाडीहरुले योजनाबद्ध ढंगले मूल्य बढाइरहेका थिए । जसका कारण बिना कुनै कारण यो कम्पनीको सेयरमूल्य चलखेल गरी दुई सातामै ६०१ रुपैयाँबाट १०३३ रुपैयाँसम्म पुर्याइएको थियो । एक महिना अगाडि भने यो कम्पनीको दोश्रो बजारमूल्य ५०६ रुपैयाँ प्रतिकित्तामा सीमित थियो ।  

विश्लेषकहरुले नेपाल फाइनान्समा भइरहेको चलखेलको भण्डाफोर हुन थालेपछि आफू सुरक्षित हुन खेलाडीहरुले बिक्री बढाई प्रफिट बुक गर्न थालेपछि बिहीबार नेगेटिभ सर्किट लागेको बताएका छन् । यो कम्पनीको सेयरमूल्य बिनाकारण र आधार निकै माथि पुर्याइएकोले अझै घट्नसक्ने उनीहरुको दाबी छ ।  

नेपाल फाइनान्समा मात्र नभई कमजोर वित्तीय अवस्थाका लो क्यापका कम्पनीहरुमा पछिल्लो समय चर्को चलखेल भइरहेको छ । फेक फेसबुक आइडी बनाएर कम्पनीको नामै तोकी यति र उति पुर्याउने भन्दै खेलाडीहरुले चलखेल गरिरहँदा समेत धितोपत्र बोर्ड वा अन्य नियामक रमिते मात्र बनेका छन् । उनीहरुले यस्ता गिरोह वा त्यसका सदस्यहरुको पहिचान गर्नसक्ने सहजै अवस्था हुँदा हुँदै पनि मौनता साँध्नुले सम्बद्ध पक्षका प्रतिनिधिहरुको समेत मिलेमतोमा बजारलाई दूषित बनाउने र सर्वसाधारणलाई भ्रममा पारी आफू कमाउने खेल भइरहेको आशंका गर्ने ठाउँ दिएको छ ।  

चलखेल गर्नेको शैली बदलियो

हिजोको दिनमा फाइनान्स वा जलविद्युत कम्पनीको नामै तोकेर यति र उति मूल्य पुर्याउँछु भन्ने व्यक्ति र तिनैको नेतृत्वको गिरोहले नै अहिले पनि चलखेल गरिरहेको स्रोत बताउँछ । तर, कारबाहीमा परिने डरले त्यस्ता व्यक्ति वा समूहले अहिले शैली परिवर्तन गरेका छन् । उनीहरु हिजोआज सोझै आफ्नो नामबाट भन्दा पनि फेक फेसबुक आइडी बनाएर कम्पनीहरुको खुलेआम प्रचारप्रसारमा लागेका देखिन्छन् ।  

उदाहरणका लागि ‘तिनदिने कारोबारी’ नामको एउटा फेसबुक आइडीलाई लिन सकिन्छ । यो फेसबुक आइडीबाट बिहीबार बिहानै नेपाल फाइनान्सको विषयमा पोस्ट लेखिएको छ । सेयर बजारका लगानीकर्ता बढी इन्गेज हुने फेसबुक ग्रुपहरुमा सो आइडीबाट गरिएको पोष्टमा नेपाल फाइनान्सको सेयर १२०० देखि १५०० सम्ममा किन्नेको तक्दिर बदलिने दाबी गरिएको छ । यो सेयर किन्दा पैसा छाप्न सकिनेसम्मको प्रलोभन पोस्ट भएको छ । गोर्खाज फाइनान्सको समेत उदाहरण दिइएको छ। विगतमा त्यही गिरोहले गोर्खाज फाइनान्समा समेत यसैगरी चलखेल गरी मूल्य बढाएको थियो ।  

अझ त्यो पोष्टमा भनिएको छ–‘नेपाल फाइनान्स २५०० प्लस नै जाला, मुटु मर्दको हुनेले किन्छ, कमाउँछ । बजारमा जेमा पनि रिस्क हुन्छ, जुन एनएफएस धेरै सस्तो छ, अहिले पनि लेट्स बाई एण्ड होल्ड फर २ मन्थ्स....।’

भारत लगायतका सेयर बजारका नियामकहरुले बजारमा लगानीकर्ताको निर्णयमा प्रभाव पार्ने गरी हुने यस्ता पोस्टहरुमा कडा कारबाही गर्ने गर्छन् । यस्ता फेसबुक आइडीको पहिचानदेखि लिएर ब्लक गर्नेसम्मको काम हुन्छ, दोषीलाई जेल हाल्नेसम्मको कारबाही हुन्छ । तर, नेपालमा भने यस्ता आइडी बनाउनेहरुको सहजै पहिचान गर्न सकिने वा यस्ता आइडी ब्लक गर्नसकिने अवस्था हुँदाहुँदै पनि नियामक धितोपत्र बोर्ड वा अन्य सम्बद्ध पक्ष मौन बस्ने गरेको छ ।  

धितोपत्र बोर्डको यही कमजोरीको फाइदा उठाउँदै चलखेल गर्नेहरुले कमजोर कम्पनीको मूल्य अस्वभाविक र अप्राकृतिक ढंगले उचालेर सेयर बजारलाई जूवाको खाल बनाइरहेको गुनासो लगानीकर्ताहरुले गर्ने गरेका छन् । बोर्ड वा नेप्से भने निश्चित व्यक्तिले सेयर बजारलाई जूवाको खाल बनाइरहेको दृश्य चूपचाप रमिते बनेर हेरिरहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.