Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड

Global IME Bank Limited
वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड
Nabil Bank Limited

काठमाण्डौ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ आज बिहान ९ बजे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड भएको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागी गत पुस २५ गतेदेखि माघ १० गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँको २ लाख ६७ हजार कित्ता आईपीओको बिक्री आवेदन खुलाएको थियो ।  

उक्त आईपीओमा ३३ हजार ८२४ जना आवेदकबाट २१ लाख ३९ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको थियो । कुल आवेदनमध्ये ३३ हजार ८१० योग्य आवेदकबाट ७७ करोड १७ लाख ८४ हजार ६५० रुपैयाँबराबरको २१ लाख ३८ हजार ५ सय कित्ताका लागी माग भएको छ ।  

१४ आवेदन भने अयोग्य अर्थात रद्द भएको ग्लोबल क्यापिटलले जनाएको छ ।    

५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । जसअनुसार २ लाख ६७ हजार  कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.