शुक्रबार, बैशाख १२,२०८२ 10:41:35
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 10:41:35
IME remit
Global IME Bank Limited

आरएसआई ओभर सोल्ड जोनमा, अबको नजिकको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
आरएसआई ओभर सोल्ड जोनमा, अबको नजिकको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । आज साताको पहिलो कारोबार दिन पनि बजारमा दोहोरो अंकको गिरावट आएको छ । बोलिङ्गर ब्याण्डमार्फत बजारलाई डेली बेसमा नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट खसेको बजार आज लोवर ब्याण्डसँग–सँगै चलेको छ । कारोबार पनि क्रमशः घट्दै गएको छ ।  

डेली बेसमा आज बजारमा आरएसआई ४० को तहबाट तल खसेको छ भने आवरली बेसमा आरएसआई ओभर सोल्ड जोन ३० भन्दा तल गएको छ । म्याक्डीमार्फत नियाल्दा बजारमा वियरिस क्रसओभर भ्यालिड रहेको छ भने हिस्टोग्राम नेगेटिभ र लामालामा हुँदै गएका छन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा अधिक बिक्री दबाव रहेको देखिन्छ । आवरली बेसमा मनी फ्लो इन्डेक्स पनि ओभर सोल्ड जोनमा पुगेको छ । पिभट् मार्फत अबको नजिकको सपोर्ट हेर्दा आज पहिलो सपोर्ट भत्काएको बजारमा अबको दोस्रो सपोर्ट २०२६, तेस्रो सपोर्ट २००६ विन्दुमा रहेको छ । यदि बजार बढेमा क्रमशः २०६०,२०७२ र २०९२ विन्दुमा प्रतिरोध सामाना गर्न सक्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.