बुधबार, भाद्र २५,२०८२ 10:03:45
  • बुधबार, भाद्र २५,२०८२ 10:03:45
Global IME Bank Limited

बजारमा सुधार देखिदा म्युचुअल फण्डहरुको न्याभ बढ्यो, रु.२.२२ अर्ब लगानी थप्दै

Hyundai Nepal
बजारमा सुधार देखिदा म्युचुअल फण्डहरुको न्याभ बढ्यो, रु.२.२२ अर्ब लगानी थप्दै

काठमाण्डौ । म्युचुअल फण्डहरुको जेठ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । केही महिनायता लगातार घट्न थालेको म्युचुअल फण्डहरुको न्याभ जेठ महिनामा भने बढ्न पुगेको हो ।  

सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये नबिल फ्लेक्सी क्याप फण्ड बाहेक सबै फण्डहरुको न्याभ वैशाख महिनाको तुलनामा बृद्धि भएको छ ।  

वैशाख महिनामा अधिकांश म्युचुअल फण्डहरुले घाटा ब्यहोरेका थिए । वैशाखमा समग्रमा म्यचुअल फण्डहरु ७१ करोड ३२ लाख रुपैयाँ घाटामा थिए । तर जेठ महिनासम्म आइपुग्दा अधिकांश फण्डहरुले नाफा कमाउन सफल भएका छन् । घाटामै रहेका फण्डहरुले समेत वैशाखको तुलनामा घाटा घटाएका छन् ।  

वैशाख महिनामा २७ वटा म्युचुअल फण्डले घाटा ब्यहोरेका थिए । जेठ महिनामा सेयरबजारमा सुधार देखिंदा घाटा ब्यहोरेका केही फण्डहरुले समेत नाफा बुक गर्न सफल भएका छन् । जेठ महिनामा जम्मा ११ वटा फण्ड मात्रै घाटामा छन् । यसकारण पनि फण्डहरुको न्याभमा सुधार देखिन पुगेको हो ।  

सेयरबजारमा म्युचुअल फण्डहरुको करोडौं लगानी रहेको हुन्छ । बजारमा उतारचढाव आउँदा फण्डहरुको न्याभ, नाफा र लगानीको दायरा समेत घटबढ हुने अवस्था आउँछ ।  

वैशाखको तुलनामा जेठ महिनामा बजारमा केही सुधार देखिएको थियो । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा र आगामी आर्थिक वर्षको बजेट घोषणापछि बजारमा केही प्रतिशत सुधार देखिएको थियो । साथै जेठ महिनामै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोर क्यापिटलको २० प्रतिशत सेयर बेच्न पाउने व्यवस्थाले पनि बजारमा सुधार देखिएको थियो । राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिले बजारमा केही नयाँ लगानीकर्ता छिरेका थिए । बैंकहरुको ब्याजदर घट्दै जाँदा संस्थागत लगानीकर्ताहरु बजार प्रवेश गर्दा कम्पनीहरुको सेयरभाउ बढेको थियो ।  

जेठ महिनामा केही प्रतिशत भएपनि कम्पनीहरुको सेयरभाउ बढ्न पुग्दा म्युचुअल फण्डहरुको नाफा बृद्धि हुन गई न्याभ बढ्न पुगेको हो ।  

न्याभ कुनको कति ?

जेठ महिनामा ७ वटा म्युचुअल फण्डका न्याभ ११ रुपैयाँमाथि छ । नबिल फ्लेक्सी क्याप फण्ड बाहेक सबै फण्डको न्याभ वैशाख महिनाको तुलनामा बृद्धि भएको छ ।  

जेठमा सर्वाधिक एनएमबी सुलभ इन्भेष्टमेन्ट–२ को न्याभ ११।६२ रुपैयाँ छ । वैशाखको तुलनामा सो फण्डको न्याभ ५१ पैसाले बृद्धि भएको छ । गत महिना अर्थात वैशाखमा यो फण्डको न्याभ ११.११ रुपैयाँ थियो ।  

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ ११.२७ रुपैयाँ पुगको छ । अघिल्लो महिना सो फण्डको न्याभ ११ रुपैयाँ थियो । यो फण्डको न्याभ २७ पैसाले बृद्धि भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यता कुमारी सुनौलो लगानी योजनाको फण्ड पनि ३६ पैसाले बढेर ११.२० रुपैयाँ पुगेको छ । अघिल्लो महिनामा उक्त फण्डको न्याभ १०.८४ रुपैयाँ थियो । यसका साथै एनएमबी ५० को ११.१२ रुपैयाँ, सानिमा इक्विटी फण्डको ११.११ रुपैयाँ, प्रभु सेलेक्ट फण्ड र एनआइसी एशिया ग्रोथ फण्ड को न्याभ ११ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नबिल फ्लेक्सी क्यापको फण्ड भने ३० पैसाले घटेर १०.०१ रुपैयाँ कायम भएको छ । वैशाखको तुलनामा सर्वाधिक न्याभ बढ्ने फण्डमा एनएमबी ५० रहेको छ । फण्डको न्याभ ५९ पैसाले बृद्धि भएको छ ।  

म्युचुअल फण्डहरुको नाफा रु. ७०.९२ करोड

जेठ महिनामा अधिकांश म्युचुअल फण्डहरु नाफामा उक्लिएका छन् । फण्डहरुले समग्रमा ६० करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ४४ म्युचुअल फण्डमध्ये ३३ वटा फण्ड नाफामा उक्लिएका छन् भने ११ वटाले अझै घाटा ब्यहोरेका छन् ।  

तर घाटामा रहेका फण्डहरुले पनि वैशाखको तुलनामा घाटा कम गराएका छन् । वैशाख महिनामा २७ वटा फण्डले घाटा ब्यहोरेका थिए । जम्मा १७ वटा फण्ड नाफामा थिए । समग्रमा फण्डहरु वैशाख महिनामा ७१ करोड ३२ लाख रुपैयाँ घाटामा थिए ।  

जेठ महिनामा सर्बाधिक नाफा कमाउनेमा प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डले ११ करोड ८८ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने फण्ड बनेको छ । त्यस्तै, दोस्रोमा एनआइसी एशिया ग्रोथ फण्डले ७ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

यसका साथै हिमालयन ८०–२० ले ६ करोड ७० लाख, आरबीबी म्यचुअल फण्ड–२ ले ५ करोड ३४ लाख, एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ५ करोड, कुमारी धनबृद्धि योजनाले ४ करोड ९३ लाख, आरबीबी म्युचुअल फण्ड–१ ले ४ करोड ८५ लाख र सनराइज फर्स्ट म्युचुअल फण्डले ४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

अघिल्लो महिनाको तुलनामा सर्वाधिक नाफा बृद्धि गर्नेमा भने कुमारी इक्विटी फण्ड रहेको छ । फण्डले वैशाखको तुलनामा ६६२.४८ प्रतिशत नाफा बढाएको छ ।  

त्यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ ले ५७१.७५ प्रतिशत, प्रभु स्मार्ट फण्डले ४४५.८३ प्रतिशत, कुमारी धनबृद्धि योजनाको २६०.९९ प्रतिशत, आरबीबी म्युचुअल फण्ड–१ को २२०.९६ प्रतिशत र कुमारी सुनौलो लगानी योजनाको १९१.२१ प्रतिशतले नाफा बढेको छ ।  

७.२९ प्रतिशतले बढ्यो सेयरबजारमा लगानी  

म्युचुअल फण्डहरुले ७ प्रतिशतले सेयरबजारमा लगानी बढाएका छन् । वैशाख महिनामा ३० अर्ब ५१ करोड रुपैयाँ रहेको लगानी जेठ महिनामा ७.२९ प्रतिशतले बढाएर ३२ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेका छन् ।  

वैशाखको तुलनामा जेठ महिनामा अधिकांश फण्डहरुले लगानी बृद्धि गरेको छन् । एनआइसी एशिया ग्रोथ फण्ड, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, नबिल फ्लेक्सी क्याप फण्ड र लक्ष्मी इक्विटी फण्डले भने लगानीको दायरा घटाएका छन् ।  

सेयरबजारमा सर्वाधिक लगानी गर्नेमा एनआइबीएल सहभागीता फण्ड रहेको छ । फण्डले जेठ महिनामा १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी वैशाख महिनाको तुलनामा १० प्रतिशतले बढी हो । वैशाखमा सो फण्डको लगानी १ अर्ब ७० करोड थियो ।  

वैशाख महिनाको तुलनामा जेठमा सर्वाधिक लगानीको दायरा बढाउनेमा भने कुमारी सबल योजना रहेको छ । फण्डले ५१.९१ प्रतिशतले लगानी थपेको छ ।  

त्यस्तै, हिमालयन ८०–२० ले पनि २८.७८ प्रतिशतले लगानी बढाएको छ भने एनआइबीएल स्टेबल फण्डले पनि २०.९५ प्रतिशतले लगानी बढाएको छ ।

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.