शुक्रबार, असार १३,२०८२ 03:17:14
  • शुक्रबार, असार १३,२०८२ 03:17:14
Global IME Bank Limited

प्रभु सेलेक्ट फण्डले एक महिनामै किन्यो २ लाख कित्ता सेयर, सर्वाधिक लगानी बीमा कम्पनीमा

Hyundai Nepal
प्रभु सेलेक्ट फण्डले एक महिनामै किन्यो २ लाख कित्ता सेयर, सर्वाधिक लगानी बीमा कम्पनीमा
Nabil Bank Limited

काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सर्वाधिक नाफा आर्जन गर्ने ‘प्रभु सेलेक्ट फण्ड’को सेयरबजारमा झण्डै एक अर्ब रुपैयाँ लगानी रहेको छ । हाल ४४ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।

जेठ मसान्तसम्म प्रभु सेलेक्ट फण्डले ११ करोड ८८ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो महिना वैशाखको तुलनामा ६६.४३ प्रतिशतले बढी हो । वैशाख महिनामा पनि फण्डले ७ करोड १४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

प्रभु सेलेक्ट फण्डले  जेठ महिनासम्म सेयरबजारमा कुल ९३ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी रकम वैशाख महिनासम्मको तुलनामा ३।४४ प्रतिशतले बढी हो । वैशाखमा फण्डले ९० करोड ८५ लाख रुपैयाँ लगानी गरेको थियो ।  

फण्डले जेठ महिनासम्ममा ३७ वटा सूचीकृत कम्पनीको सेयर र ८ वटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को इकाईमा लगानी गरेको छ । वैशाखमा भने फण्डले ४१ वटा कम्पनीको सेयर र ७ वटा म्युचुअल फण्डको इकाईमा लगानी गरेको थियो ।  

लगानी गरेको कम्पनीको संख्या घटेपनि प्रभु सेलेक्ट फण्डले सेयरमा गरेको लगानीको सम्पत्ति मूल्य भने ३.४४ प्रतिशतले बृद्धि भएको छ ।  

फण्डले एक महिनाको अन्तरालमै सूचीकृत विभिन्न कम्पनीको २ लाख ६ हजार ६९१ कित्ता सेयर किनेको छ । अर्थात् कम्पनीले पहिले नै लगानी गरेको कम्पनीको सेयर संख्या थप गरेको छ ।  

समूहगत आधारमा फण्डले सर्वाधिक बीमा कम्पनीहरुको सेयरमा लगानी गरेको छ । अर्थात् बीमा कम्पनीका सेयरमा गरेको लगानीको सम्पत्ति मूल्य अन्य समूहको तुलनामा बढी रहेको छ ।  

जेठ महिनामा फण्डले ८ वटा वाणिज्य बैंकको ९ लाख ५९ हजार ९५ कित्ता सेयरमा लगानी गरेको छ । जसको फेयर भ्यालु अर्थात सम्पत्तिको मूल्य २२ करोड ३० लाख रुपैयाँ रहेको छ । फण्डले वाणिज्य बैंकको सेयरमा गरेको लगानीबाट एक महिनाको अन्तरालमै ४.४० प्रतिशत नाफा कमाएको छ ।  

त्यस्तै, यता विकास बैंकमा फण्डले ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको सेयरमा मात्रै लगानी गरेको छ । दुई विकास बैंकको ७४ हजार ८७५ कित्ता सेयरमा लगानी रहेको छ । जसको सम्पत्ति मूल्य जेठ महिनामा २ करोड २५ लाख रुपैयाँ रहेको छ । वैशाख महिनाको तुलनामा विकास बैंकको सेयरमा गरेको लगानीबाट प्रभु सेलेक्ट फण्डले १.२८ प्रतिशतले गुमाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

फण्डले हाइड्रो समूहको कम्पनीहरुमा गरेको लगानीबाट जेठ महिनामा आफ्नो सम्पत्ति मूल्य ९।४६ प्रतिशतले बढाएको छ । जेठ महिनामा फण्डले ९ वटा हाइड्रोपावरको ३ लाख २४ हजार कित्ता सेयरमा लगानी गरेको छ । जसको सम्पत्ति मूल्य ८ करोड ७७ लाख रुपैयाँ रहेको छ । वैशाखमा फण्डले हाइड्रोपावर समूहका कम्पनीमा ३ लाख १४ हजार कित्ता सेयरमा लगानी गरेको थियो । जसको सम्पत्ति मूल्य ८ करोड ७७ लाख रुपैयाँ थियो ।  

यता बीमा समूहतर्फ भने फण्डले ११ वटा बीमा कम्पनकिो कुल ४ लाख २१ हजार २६ कित्ता सेयरमा लगानी गरेको छ । जसको सम्पत्ति मूल्य जेठ महिनामा २८ करोड ३४ लाख रुपैयाँ छ । बीमा कम्पनीहरुको सेयरमा गरेको लगानीबाट फण्डले ३।२५ प्रतिशत नाफा बुक गरेको छ । वैशाख महिनामा फण्डले ४ लाख १९ हजार कित्ता सेयरमा गरेको लगानीमा सम्पत्ति मूल्य भने २७ करोड ४५ लाख रुपैयाँ थियो । फण्डले बीमा समूहतर्फको एनएलजी इन्स्योरेन्स कम्पनीको १ हजार २९४ कित्ता सेयर थप गरेको छ ।  

सर्वाधिक लगानी सर्वोत्तम सिमेन्ट्समा  

जेठ महिनामा फण्डको सर्वाधिक सर्वोत्तम सिमेन्ट्समा लगानी रहेको छ । फण्डले सर्वोत्तम सिमेन्ट्सको कुल १ लाख २४ हजार कित्ता सेयरमा लगानी गरेको छ । जसको सम्पत्ति मूल्य १० करोड १३ लाख रुपैयाँ रहेको छ । यसर्थ सो कम्पनीको सेयरमा फण्डको  १० करोड भन्दा बढी लगानी रहेको छ ।  

वैशाख महिनाको तुलनामा सर्वोत्तम सिमेन्ट्समा गरेको लगानीको सम्पत्ति मूल्य जेठमा ६।५४ प्रतिशतले बृद्धि भएको छ ।  

यसका साथै दोस्रोमा नेपाल एसबिआई बैंकको सेयरमा पनि ८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर लगानी छ । जेठ महिनामा उक्त बैंकको कुल २ लाख ८९ हजार ५८० कित्ता सेयरमा लगानी रहेको छ । वैशाख महिनाको तुलनामा फण्डको सो बैंकमा गरेको लगानीको सम्पत्ति मूल्य ५.६० प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै, प्रभु इन्स्योरेन्समा ४ करोड ७३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ करोड ३४ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४ करोड ८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४ करोड ६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा ३ करोड ५७ लाख, हिमालयन रि इन्स्योरेन्समा ३ करोड ४१ लाख र लक्ष्मी सनराइज बैंकमा ३ करोड २२ लाख रुपैयाँ लगानी रहेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.