शुक्रबार, जेष्ठ १,२०८३ 06:51:41
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:51:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, एउटैले गर्यो झण्डै २ अर्बको कारोबार

Laxmi Sunrise Bank Limited
आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, एउटैले गर्यो झण्डै २ अर्बको कारोबार
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन भोल्युम तथा कारोबारले छलाङ मार्दा शीर्ष १० ब्रोकरहरुमध्ये ७ वटाबाट उच्च खरिद भएको छ । उच्च खरिद गर्नेमा आज नाशा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) रहेको छ । यो ब्रोकरबाट आज झण्डै २ अर्बको कारोबार भएको छ । यस ब्रोकरले करिब १ अर्ब ९० करोडबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट १ अर्ब ६ करोडको खरिद र ८२ करोडबराबरको बिक्री गरेको छ । बाँकी भने म्याचिङ भएको छ ।

त्यसैगरि, उच्च खरिद गर्ने दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ । यस ब्रोकरबाट आज ६५ करोड ४५ लाखको खरिद र ६२ करोड ४२ लाखको बिक्री भएको छ ।

Bizshala
New Office
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४)बाट ६३ करोड ४६ लाख रुपैयाँको खरिद र ५७ करोड ६७ लाखबराबरको बिक्री भएको छ । चौथो स्थानमा रहेको डाइनमिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४४) बाट खरिदको तुलनामा बिक्री बढी भएको छ । यो ब्रोकरबाट ५८ करोडको खरिद र ६३ करोडको बिक्री भएको छ ।

त्यसैगरि,  पाँचौ स्थानको सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२)बाट खरिद बढी भएको छ । यस ब्रोकरबाट ५९ करोडको खरिद र ५८ करोडको बिक्री भएको छ ।  अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) बाट पनि खरिद बढी भएको छ । यस ब्रोकरबाट करिब ५१ करोडको खरिद र ४९ करोडको बिक्री भएको छ । सातौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५७) बाट खरिद बढी भएको छ । यस ब्रोकरबाट ५१ करोड ५६ लाखको खरिद र ४१ करोड ३८ लाखबराबरको बिक्री भएको छ ।

आठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १७) बाट बिक्री बढी भएको छ । यस ब्रोकरबाट ३७ करोड ६२ लाखको खरिद र ५१ करोड ४७ लाखबराबरको बिक्री भएको छ । नवौं स्थानमा रहेको दीप शिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नम्बर ३८)बाट खरिद बढी भएको छ । यस ब्रोकरबाट ४४ करोडको खरिद र ४२ करोड रुपैयाँबराबरको बिक्री भएको छ । १० औं स्थानमा रहेको लिञ्च सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१)बाट बिक्री बढी भएको छ । यो ब्रोकरबाट ३० करोडको खरिद र ५० करोडको बिक्री भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X