Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

चावहिलमा एकमहिने जुत्ताचप्पल मेला सुरु, ५०% सम्म छुट

Global IME Bank Limited
चावहिलमा एकमहिने जुत्ताचप्पल मेला सुरु, ५०% सम्म छुट
Nabil Bank Limited

काठमाण्डौ । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ ।  

मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् ।

मेला यहि माघ १८ बाट सुरु भई फागुन १८ अर्थात एक महिनासम्म चल्ने आयोजकले जनाएको छ । मेलामा १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रदर्शनीमा राखिएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली ब्राण्डका जुत्ताको प्रचार/प्रसार गरी आम उपभोक्तामाझ पुर्याउने मूल उद्देश्यले विवाह तथा जाडोलाई समेत लक्षित गरी महिलापुरुष, बालबालिका, जेष्ठ नागरिकलगायत सबै उमेर समूहका उपभोक्ता/प्रयोगकर्तालाई आकर्षक डिजाइनका जुत्ता चप्पल मेलामा राखिएको छ । करिब एकसयभन्दा बढी स्टलहरुमा नेपाली ब्राण्डका जुत्ताचप्पल राखिएको छ ।  

एउटै छानामुनि सबै उमेर समूहलाई सुहाउँदो १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका तीनहजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल कारखानाकै मूल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था समेत गरेको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

यो मेलामा चावहिल, गौशाला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखुलगायत वरपरका सबै क्षेत्रका आम उपभोक्तालाई जोड्ने मुख्य लक्ष्य राखी प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको उनले जानकारी दिए ।

नेपाली जुत्ता चप्पल उप्पादन गरि स्वदेशी वस्तुको प्रयोगमा फुटवयर क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ताचप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईले बताए । उत्पादन क्षमता वार्षिक १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको तर बिक्री भने जम्मा ६ करोड मात्र रहेको उनले जानकारी दिए ।  

एक महिने मेलामा करिब ५ करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोरभन्दा बढी जुत्ताचप्पल बिक्री हुने अनुमान गरिएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.