आईतवार, श्रावण १०,२०८३ 07:51:24
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:51:24
Bizshala
Global IME Bank Limited

इजरायलले २ हजार नेपाली श्रमिकलाई रोजगारी दिने

इजरायलले २ हजार नेपाली श्रमिकलाई रोजगारी दिने
New Office

काठमाण्डौ । दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रुपमा रोजगारी दिन इजरायल सहमत भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोदारले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग गरेको शिष्टाचार भेटमा यस्तो सहमति भएको हो ।  

भेटका क्रममा राजदूत हनान गोदारले इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको बताएका हुन् । हाल छनोटका चरणमा रहेका ५ सय जना मुख्य उम्मेदवार र ३ सय वैकल्पिक उम्मेदवार गरी कूल ८ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर १ हजार मुख्य उम्मेदवार र १ हजार वैकल्पिक उम्मेदवारगरी कूल २ हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.