मंगलवार, असार ३,२०८२ 01:24:38
  • मंगलवार, असार ३,२०८२ 01:24:38
Global IME Bank Limited

सौर्य एयरलाइन्सको ३० करोडको बीमा दाबी प्रभु इन्योरेन्समा पर्ने, ९९% भार विदेशी कम्पनीले व्यहोर्ने

Hyundai Nepal
सौर्य एयरलाइन्सको ३० करोडको बीमा दाबी प्रभु इन्योरेन्समा पर्ने, ९९% भार विदेशी कम्पनीले व्यहोर्ने
Nabil Bank Limited

काठमाण्डौ । बुधबार त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको बीमा प्रभु इन्स्योरेन्समा गरिएको खुलेको छ ।  

९ एन–एएमई सीआरजे २०० जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले क्षतिपूर्तिबापत दाबी भुक्तानी दिनुपर्ने भएको छ । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको उक्त जहाजको कम्तीमा ३० करोड र यात्रुको समेत नियम अनुसारको बीमा गरिएको स्रोतले जनाएको छ ।  

प्रभु इन्योरेन्समा ठूलो रकमको बीमा दाबी परेपनि नेपालमा हवाई बीमाको अवधारण न्यून हुने भएकाले कम्पनीलाई बीमा दाबीको भार पर्ने छैन । ९९ प्रतिशत बीमा विदेशमा गरिएकाले सो एयरलाइन्सको बीमा दाबी विदेशी पुनर्बीमा कम्पनीले ब्यहोर्ने देखिन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले सौर्य एयरलाइन्सको हवाईजहाज र यात्रुको बीमामा ०।३ देखि ०।५ प्रतिशत मात्रै जोखिम राखेको छ । सो कारण ठूलो रकम दाबी परेपनि कम्पनीले सबै ब्यहोर्नु पर्ने छैन ।  

सौर्य एयरलायइन्सको बुधबार विहान दुर्घटना भएको जहाजमा चालदलका दुई जना सदस्यसहित १९ जना रहेका थिए । जहाज दुर्घटनामा परेको व्यक्तिहरुमा सौर्य एयरका १७ जना कर्मचारी परेका छन् ।

चालक दलका दुई सदस्यमा मनिष शाक्य र एस कटुवाल रहेका छन् । विमान सवार दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्य बाँचेका छन् । पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार विहान ११ बजेर ११ मिनेटमा विमान उड्नासाथ दुर्घटनामा परेको थियो । दाहिनेतर्फ मोडिएको विमान कन्टेनरमा ठोक्किएर गोठाटारतर्फको खाली भागमा खसेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.