काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको नाफा ७१९.४८ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको अन्त्यसम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीको नाफा ५४ लाख २८ हजार रुपैयाँमा सीमित थियो ।
कम्पनीले बिक्रीबाट ३५ करोड ३८ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४६.७३ प्रतिशतले बढी हो । कम्पनीको अन्य सञ्चालन आम्दानी ७० लाख ९७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवको चौथो त्रैमाससम्म २१ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर २४ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिसम्म ३० करोड ६९ लाख रुपैयाँ कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति २९ करोड ६९ लाख र कुल चालु दायित्व ४३ करोड १९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य सुधार आएको छ । अघिल्लो आवसम्म ११.१९ रुपैयाँमा सीमित रहेको कम्पनीको ईपीएस बढेर ७३.२७ रुपैयाँ पुगेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                